२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

Nada
२०८१ फागुन १९ गते १४:५९
Shares
पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

काठमाडौँ : पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।

ncell

उनको अहिले उपचार जारी छ । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकका अनुसार उनलाई आइतबार साँझ अस्पताल लगिएको हो ।

पारसलाई चौथो पटक हृदयघात भएको हो । यसअघि उनमा २०७५ माघ महिनामा हृदयघात भएको थियो । त्यतिबेला पनि उनको नर्भिकमै उपचार भएको थियो । 

ताजा खबर

सम्बन्धित खबर