२०८१ चैत १९ गते मङ्गलवार / Apr 01 , 2025 , Tuesday
२०८१ चैत १९ गते मङ्गलवार
Ads

माधवनारायणका कार्यालय प्रमुख यादवले सम्हाले जिम्मेवारी

draupadi film
कृष्ण तिवारी
२०८१ फागुन १९ गते २१:३४
माधवनारायणका कार्यालय प्रमुख यादवले सम्हाले जिम्मेवारी

रौतहट : रौतहट माधवनारायण नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी इन्जिनियर नागेन्द्र राय यादवले सम्हालेका छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा यादवले सोमबार नगरपालिकामा हाजिर भइ कार्यभार सम्हालेका हुन् । यादवलाई माधव नारायण नगरपालिका जनप्रतिनिधिहरुले भव्य स्वागत गरेका थिए । 

नगरपालिका कार्यालयको सभाहलमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नगरपालिका कार्यालय प्रमुखको जिम्मेवारी पाएका यादवलाई नगर प्रमुख बैजनाथ प्रसाद यादव, नगर उपप्रमुख निर्मला देवी रमण,सबै वडाध्यक्ष, कार्यपालिका सदस्यसहितका जनप्रतिनिधि र कर्मचारीहरुले टिका, माला र दोसल्ला ओढाएर भव्य स्वागत गरेका थिए । 

स्वागत तथा सम्मान कार्यक्रममा नगर प्रमुख यादवले निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवलाई सफल कार्यकालको शुभकामना दिएका थिए । यसअघि माधवनारायणको कार्यालय प्रमुख रहेका शाखा अधिकृत श्रीदेव यादवको अन्यत्र सरुवा भएपछि उनको ठाउँमा कार्यालय प्रमुखको जिम्मेवारी यादवले पाएका हुन् । कार्यालय प्रमुख यादव यसअघि वृन्दावन नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत थिए । 

कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै निमित्त प्रमुख प्रशासकीय अधिकृत यादवले आफू सबै जनप्रतिनिधि,कर्मचारी अन्य सबै पक्षलाई समेटेर मन जित्नेगरी नगरको हितमा काम गरेर देखाउने प्रतिबद्धता जनाए ।

ADV

सम्बन्धित खबर

Advertise