कपिलवस्तु : सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित गुल्म कृष्णनगरको टोलीले २ ला ३२ हजार ७ सय ११ रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ ।
कृष्णनगर नगरपालिका–२ स्थित चेकपोस्टमा बसको सिटमुनी फल्स बक्स बनाइ भन्सार छली गरेर ल्याएको लत्ताकपडा र किराना सामग्री बरामद गरेको हो ।
यसैगरी, महाराजगंज नगरपालिका–७ सतभरामा भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको गुट्का, सुपारी, बदाम तथा अन्य किराना सामान बरामद गरिएको छ ।
यस्तै बिजयनगर गाउँपालिका–२ लोहरौलामा १५० किलो ब्रोइलर कुखुरा अवैध रूपमा ल्याउँदै गर्दा नियन्त्रणमा लिइएको थियो । उक्त कुखुरा स्थानीय जनप्रतिनिधि तथा पशु क्वारेन्टाइनको रोहवरमा नष्ट गरिएको छ भने ढुवानीमा प्रयोग भएको मोटरसाइकल भन्सार कार्यालयमा बुझाइएको छ ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा अवैध तस्करी नियन्त्रणका लागि कडा गस्ती जारी राखेको सशस्त्र प्रहरी नायब उपरीक्षक अरुन सिंहले बताए ।