२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

‘मलेसिया कामदार पठाउन कुनै व्यवसायीलाई लाभ पुग्नेगरी निर्णय भएको छैन’

hardik ivf
२०८१ फागुन २० गते ०६:१५
‘मलेसिया कामदार पठाउन कुनै व्यवसायीलाई लाभ पुग्नेगरी निर्णय भएको छैन’

काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मलेसिया कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ पुग्नेगरी हाल कुनै पनि निर्णय नभएको र भविष्यमा पनि नहुने बताएको छ । मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

हाल मलेसियामा कामदार पठाउन २५ वटा मात्र म्यानपावर कम्पनीको समूह ‘सिन्डिकेट’लाई अनुमति दिन चलखेल भइरहेको भन्दै त्यसविरुद्ध नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र राजनीतिक दल निकट व्यवसायीका संघसंस्थाले कडा प्रतिकार गर्ने चेतावनी दिँदै आएका छन् ।

आइतबार राजधानीमा आयोजित नेपाल वैदेशिक रोजगार व्यवसायी महिला संघको साधारणसभामा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले म्यानपावर कम्पनीहरूको समूहलाई मात्र अनुमति दिन चलखेल भइरहेको समाचारलाई आधारहीन बताएका थिए ।

सोमबार विज्ञप्तिमार्फत मन्त्रालयले नेपाल सरकारले विगत लामो समयदेखि खुल्ला, पारदर्शी र भेदभावरहित भर्ना प्रक्रिया अवलम्बन गरेकोे भन्दै मलेसियामा कामदार पठाउन कुनै निश्चित व्यवसायीलाई लाभ हुनेगरी कुनै निर्णय नगरेकाले आधारहीन विषयको पछि नलाग्न अनुरोध गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise