२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी

draupadi film
मध्यान्ह
२०८१ फागुन २० गते १२:५८
बोरिङ गर्दा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी

काठमाडौँ : ललितपुरको टिकाथलीमा पानीका लागि बोरिङ गर्ने क्रममा निस्केको आगोको ज्वाला निभाउने प्रयास जारी छ ।

बोरिङको पाइप गाडेको स्थानबाटै आगोको ज्वाला दन्किरहेको छ । स्थानीय र सुरक्षाकर्मीले हिलो, माटो र पानी छ्यापेर आगो निभाउने प्रयास गरिरहेका छन् । तर, आगो निभेको छैन ।

ललितपुर प्रहरी परिसरले बोरिङ खन्ने क्रममा ग्यास निस्किएको र त्यसमा आगो लागेको जानकारी आएको बताएको छ ।

एक स्थानीयका अनुसार करिब ९ सय फिट खनिसकेपछि आगोको ज्वाला निस्किएको हो । पानी हाल्दा झन् बल्ने भएकोले आगो निभाउन समस्या भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise