सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिकाले ६ सय घर–परिवारलाई विद्युतीय चुलो वितरण गरेको छ । नगरपालिकाले प्रदूषणरहित भान्सा र धुवाँरहित घरको विकास गर्ने उद्देश्यले विद्युतीय चुलो वितरण गरेको हो । नगरप्रमुख हस्त पुनले दाउरा र ग्यासको खपत कम गर्न विद्युतीय चुलो वितरण गरिएको बताए ।
‘दाउरा र ग्यासको खपत घटाएर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्दै वातावरण संरक्षण गर्ने उद्देश्यले एसएनभी र इन्डेभको सहयोगमा विद्युतीय चुलो वितरण गरिएको हो,’ उनले भने ।
पालिकाका १४ वटा वडाबाट ७ सय चुलो माग भएपनि ६ सय वटा मात्रै वितरण गरिएको छ । बाँकी १ सय चुलो चाँडै वितरण गरिने नगरप्रमुख पुनले बताए ।
एउटा विद्युतीय चुलोको ५ हजार ३ सय रुपैयाँ पर्ने भएपनि उपभोक्तालाई २ हजार १५० रुपैयाँमा वितरण गरिएको छ ।