स्पेन : नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काका स्पेनको अध्यक्षमा केशरबहादुर थापा निर्विरोध चयन भएका छन् ।
तेस्रो अधिवेशनबाट थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । थापा दुई दशकदेखि कोष्टाव्लाङ्कामा रेष्टुरेन्ट व्यवसायमा सक्रिय छन् । थापाले कयौं विपन्न तथा गरिव समुदायका व्यक्तिहरुलाई स्वदेशमा सहयोग गर्दै आइरहेका छन् ।
निर्वाचन समिति संयोजक, एनआरएनए कोष्टाव्लाङ्काका संस्थापक अध्यक्ष, एनआरएनए स्पेनका उपाध्यक्ष तथा समाजका वरिष्ठ सल्लाहकार सुरेन्द्र भुजेल थापाका अनुसार नयाँ कार्यसमितिले सोमबार शपथ तथा पदभार ग्रहण गरेका छन् । संयोजक थापाले नवनिर्वाचित अध्यक्ष थापालाई शपथ गराएका हुन् ।
यस्तै एशोसियसनको महासचिवमा विजय कुँवर, उपाध्यक्षहरुमा डा. सविता पाठक, मोति सागर पुन, हेमराज सापकोटा र सचिवमा छेसाङ लोप्चन (असिम), कोषाध्यक्ष विना थापा अधिकारी चयन भएका छन् । यस्तै महिला संयोजकमा लक्ष्मी आचार्य धिताल, युवा संयोजकमा विष्णु गुरुङ चयन भएका छन् । सदस्यहरुमा राजेन्द्र दाहाल, कृष्ण पुन, सोनल पुन, पाइलट विद्यार्थी सेजल कँडेल, बलबहादुर थापा बोहरा, विप्लव काफ्ले चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारी, संयोजक तथा सदस्यलाई अध्यक्ष थापाले शपथ गराएका थिए । निर्वाचन समिति संयोजक सुरेन्द्र भुजेल थापाले कोष्टाब्लांका क्षेत्रमा नेपालीहरुका लागि एशोसियसन अभिभावक सरह बन्दै गइरहेको बताए । ‘दुःख, सुखमा नेपालीले नेपालीलाई सहयोग गर्ने भावना बढेको छ’, उनले भने, ‘नेपाली चाडपर्व सामुहिक मनाउने क्रम बढेको छ, एकता विकास भएको छ ।’ एनआरएनए स्पेनका उपमहासचिव, समाजका पूर्वअध्यक्ष केशवराज कँडेलले समाजले सबै नेपालीलाई गोलबद्ध गरेको बताए । ‘समाज साझा चरित्रको बनेको छ’, उनले भने, ‘अब नेपाल र नेपालीको पुल बन्नुपर्छ, एकतानै बल हो ।’ एनआरएनए कोष्टाव्लाङ्काका अध्यक्ष सुरेश बज्राचार्यले समस्या समाधान या अवसर खोज्दा नेपाली संस्थाहरु अभिभावक बन्न जरुरी रहेको बताए ।
समाजका पूर्वअध्यक्ष अक्कलबहादुर बोहरा, एनआरएनए कोष्टाव्लाङ्काका पूर्वअध्यक्ष देवराज सापकोटा, समाजका सल्लाहकार मुकुन्द लामिछाने, एनआरएनए स्पेनका पूर्वउपाध्यक्ष सृजना लामिछानेले एशोसियसन सबैको साझा बन्दै सशक्त कामहरु गर्न सुझाए ।
नवनिर्वाचित अध्यक्ष थापाले नेपाल चिनाउने गरी समाजले गतिविधिहरु गर्ने बताए । ‘गौतम बुद्ध, सगरमाथा, नेपाली खाना, कला संस्कृतिबारे विश्वलाई सन्देश दिने गरि गतिविधि हुनेछन्,’ उनले भने, ‘नेपाल चिनाउन लाग्नेछौं, स्पेनबासी या पर्यटकले सजिलै नेपाल चिन्न सकुन् ।’ उनले गौतम बुद्ध नेपालमै जन्मिएको सन्देश दिन कोष्टाव्लाङ्कामै गुम्बा–मन्दिर बनाउन पहल गरिने बताए । उनले कोष्टाव्लाङ्कां क्षेत्रमा रहेका नेपालीहरुको तथ्यांक र अवस्थाबारे अध्ययन गर्ने कार्यदल नै बन(ाइने बताए । निवर्तमान अध्यक्ष नवराज दवाडीले समाजलाई विस्तार गर्दै सबै नेपालीहरुलाई एकत्रित गर्न लाग्नुपर्नेमा जोड दिए ।