२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

गाउँ–गाउँमा सार्वजनिक सुनुवाइ गर्दै भूमे गाउँपालिका

hardik ivf
मध्यान्ह
२०८१ फागुन २० गते २१:४६
गाउँ–गाउँमा सार्वजनिक सुनुवाइ गर्दै भूमे गाउँपालिका

रुकुमपूर्व : रुकुमपूर्वको भूमे गाउँपालिकाले स्थानीय जनताको गुनासो माग र आवश्यकताहरू सम्बोधन गर्न गाउँ–गाउँमा सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गरिरहेको छ । 

यसै कार्यक्रम अन्तर्गत मंगलबार गाउँपालिकाले वडास्थित धर्मशालामा सार्वजनिक सुनुवाइ गरेको छ । गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठ, उपाध्यक्ष सविना बुढामगर, वडाध्यक्ष संगम रोकामगर, प्रमुख प्रशासकीय अधिकृत देवीलाल वि.क, पालिकाको विभिन्न शाखागत प्रमुखहरु वडामा पुगेर नागरिकहरूसँग प्रत्यक्ष संवाद गर्न टोल–टोलमा गाउँपालिका टिम पुगेका हुन् । 

भूमे गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१÷०८२को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ गरिएको हो । स्थानीय नागरिकले शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतका समस्याहरू उठाएका थिए । स्थानीयको गुनासो अनुसार गाउँपालिकाका विभिन्न क्षेत्रमा अझै पनि उचित शिक्षा र स्वास्थ्य सेवा उपलब्ध छैन । सरकारी विद्यालयहरूमा शिक्षक अभाव, पठनपाठनको गुणस्तर कमजोर रहेको गुनासो सहभागीहरूले प्रश्न उठाएका हुन् ।

त्यस्तै गाउँपालिकाका धेरै ठाउँमा मोटर बाटो नपुगेको स्थानहरुमा गोरेटो बाटो जीर्ण भएको र नियमित मर्मत नहुँदा आवत–जावतमा समस्या परेको स्थानीय कुमार ओलीले कार्यक्रममा  गुनासो राखे ।  भूमे गाउँपालिकाका अध्यक्ष होमप्रकाश श्रेष्ठले नागरिकले उठाएका प्रश्नको जवाफ दिँदै   स्थानीयको आवश्यकता र समस्याप्रति गाउँपालिका सक्रिय रुपमा लागि परेको बताए । आवश्यक भौतिक संरचना सुधार गर्न  गुणस्तरीय शिक्षा प्रवाहमा  अहोरात्र खटिएको अध्यक्ष श्रेष्ठले बताए । नागरिकका गुनासा र सुझावलाई नीतिगत तहमा समावेश गर्दै गाउँपालिकाको कामलाई अझ पारदर्शी र प्रभावकारी बनाउँदै लगिएको उनले बताए । 

यस्तै गाउँपालिकाका उपाध्यक्ष सविना बुढामगरले गाउँपालिका दोस्रो अभिभावक भएको हैसियतले नागरिकको समस्यालाई समाधान गर्न आवश्यक पहल गर्ने बताइन् । 

प्रमुख प्रशासकीय अधिकृत देवीलाल विकले गाउँपालिकाले नागरिकमैत्री, प्रभावकारी र पारदर्शी सेवा प्रदान गर्न निरन्तर प्रयास गरिरहेको बताए । यस आर्थिक वर्षको फागुन महिनासम्म  ३३ प्रतिशत विकास निर्माण काम सम्पन्न भएको उनले बताए । कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघ रुकुमपूर्वका सचिव निराजन विक शेर्पालीले गरेका थिए । 

ADV

सम्बन्धित खबर

Advertise