२०८१ फागुन २१ गते बुधवार / Mar 05 , 2025 , Wednesday
२०८१ फागुन २१ गते बुधवार
Ads

टोखामा मेयर दीर्घायू कार्यक्रम शुभारम्भ

hardik ivf
सुशान्त न्यौपाने
२०८१ फागुन २० गते २१:४७
टोखामा मेयर दीर्घायू कार्यक्रम शुभारम्भ

काठमाडौं : काठमाडौं टोखा नगरपालिकाले यस वर्षको मेयर दीर्घायू कार्यक्रम मंगलबारबाट पुनः सञ्चालन गरेको छ । टोखाले २०७८ सालदेखि सुरु गरेको मेयर दीर्घायू कार्यक्रम मंगलबार चार वर्ष पुरा भएको छ । अहिलेसम्म यो ३ वर्षमा ६ हजार ५ सय नागरिकले निःशुल्क स्वास्थ्य परीक्षण लिइसकेका छन् । 

केयर दीर्घायू कार्यक्रम अन्तर्गत विशेषज्ञ डाक्टरद्वारा स्वास्थ्य परीक्षण, विशेषज्ञ डाक्टरद्वारा भिडियो एक्सरे सेवा, महिलाहरुको भिआइए परीक्षण सेवा, थाइराइड परीक्षण सेवा, प्रयोगशाला सेवा, पुरुषहरुको लागि प्रोस्टेट गन्थीको क्यान्सर सम्बन्धी परीक्षण र परामर्श तथा रेफरल सेवा रहेका छन् । औपचारिक कार्यक्रममा टोखा नगरपालिकाले वडा नं. ११ स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट नगरभरिका ५० वर्षभन्दा माथिका लक्षित वर्गलाई मात्र सो सेवा प्रदान गरिने नगर प्रमुख प्रकाश अधिकारीले बताए । 

अधिकारीका अनुसार पहिलो वर्ष ७० वर्ष माथिका, दोस्रो वर्ष ६५ र तेस्रो वर्ष ६० वर्ष माथिकाको स्वास्थ्य परीक्षण सम्पन्न गरिसकेको हुँदा यस वर्ष ५० वर्ष माथिका लक्षित वर्गलाई लगाइन्छ । आगामी वर्षहरुबाट ५० वर्ष माथिका सम्पूर्ण नागरिकको स्वास्थ्य जाँच निःशुल्क गर्ने लक्ष्य लिएका लिइएको छ ।  

टोखा नगरपालिकाले सुत्केरी भएका महिलाहरुका लागि पोषण भत्ता नगद २ हजार रुपैयाँ वितरण गर्दै आएको छ । यसै वर्षदेखि टोखाका स्थानीय कोही मुत्यु भएमा ५ हजार किरिया खर्च नगरपालिकाले दिने तयारी पुरा भएको नगर प्रमुख अधिकारीले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बिसीले टोखाको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट प्रदान गरिने सेवा कुनै नीजि अस्पतालभन्दा कुनै कमी नभएको हुँदा नगरबासीले ढुक्क भएर सेवा लिन अनुरोध गरे । 

कार्यक्रमबारे बोल्दै स्वास्थ्य शाखा प्रमुख रनलाल कुलालले यस मेयर दीर्घायू कार्यक्रमबाट सर्ने र नसर्ने रोगबारे जाँच गर्ने अवसरको रुपमा लिन सकिने बताए ।

कुलालका अनुसार गतवर्ष चण्डेश्वरी प्रदेश अस्पताल र टोखा ११ मा गरी २ स्थानबाट प्रदान गर्दै आएको सेवा यस वर्ष टोखा ११ बाट मात्र हुने भएको छ ।

बागमती प्रदेशले स्वीकृति नदिएका कारण एक ठाउँबाट गर्न परेको नगरपालिकाले जनाएको छ । सबै सेवा एकै ठाउँबाट भएपनि फिजिसिएन र अल्ट्रासाउण्ड सेवाका लागि अर्को ठाउँमा सम्झौता गरेर काम सुरु गरेको छ । यस वर्ष १ हजार ५ सय जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । त्यसमा हरेक वडाबाट १ सय ३० जनाको दरले सहभागीता जनाउनेछन् । वडा नंं. ३ का लागि १ सय ५० जनाले सहभागिता हुन पाउनेछन् । कार्यक्रममा बोल्दै जेष्ठ नागरिक बलराम खतिवडाले टोखा नगर प्रमुख प्रकाश अधिकारी र वडाअध्यक्ष घनश्याम श्रेष्ठको मुक्तकण्ठले प्रशंसा गरे । 

ADV

सम्बन्धित खबर

Advertise