२०८२ वैशाख ८ गते सोमवार / Apr 21 , 2025 , Monday
२०८२ वैशाख ८ गते सोमवार
Ads

अमेरिकाबाट निष्कासित भएकाहरूले प्रहरीलाई दिए यस्तो बयान, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक

draupadi film
मध्यान्ह
२०८१ फागुन २१ गते १३:२९
अमेरिकाबाट निष्कासित भएकाहरूले प्रहरीलाई दिए यस्तो बयान, दलालविरुद्ध मुद्दा चलाउन अनिच्छुक

काठमाडौँ : नेपाल प्रहरीले अमेरिकाबाट नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ गरेको छ । नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरूलाई सोधपुछ गरेको हो । 

प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उलङ्घन गरेर फर्काइएको पाइएको छ । 

अमेरिकाबाट फर्काइएकामध्ये एक जना डोटी जिल्लाका हुन् भने अरु दाङ र रुकुमका छन् । अमेरिका जानलाई उनीहरूले ५० देखि ९० लाख रुपैयाँसम्म बुझाएको प्रारम्भिक सोधपुछमा खुलेको छ ।

त्यस्तै उनीहरूले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरूसँग सोधपुछमार्फत अमेरिका पठाउने भन्दै असुली गर्ने मानव तस्करीको र्‍याकेटसम्म पुग्ने विश्वास लिएको थियो ।

बुधबार अमेरिकाबाट चार्टर्ड विमानमार्फत् ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाउने तयारी प्रहरीले गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise