२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

सुनचाँदीको मूल्य बढ्यो

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते ११:२५
सुनचाँदीको मूल्य बढ्यो

काठमाडौंः नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ३०० रुपैयाँले बढेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । बुधबार चाँदी एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।
 

ADV

सम्बन्धित खबर

Advertise