२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम १० अर्ब १० करोड

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १५:३४
नेप्सेमा सामान्य अंकको गिरावट, कारोबार रकम १० अर्ब १० करोड

काठमाडौंः साताको अन्तिम कारोबारको दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा बिहीबार नेप्से परिसूचक २.७० अंक घटेको हो । योसँगै नेप्से २,८१८ अंकमा कायम भएको छ । नेप्सेसँगै आज १३२ को शेयर मूल्य घटेको छ भने ९९ कम्पनीको मूल्य बढेको छ । १२ को मूल्य स्थिर छ ।

आज गार्डियन माइक्रो लाइफ र भुगोल इनर्जीको मूल्य १० प्रतिशतका दरले बढेको छ । सँगै उपकार लघुवित्त वित्तीय संस्थाको मूल्य ९.९८ प्रतिशत र राप्ती हाइड्रोको मूल्य ९.९१ प्रतिशतले बढेको छ । आज नविल डिबेञ्चर २०८२ को मूल्य भने अधिक घटेको छ । यसको मूल्य १० प्रतिशतले घटेको हो ।

समूहगत रुपमा विकास बैंक समूहको मूल्य सबैभन्दा धेरै १.८६ प्रतिशत बढेको छ । साथै बैंकिङ समूहको मूल्य ०.०३, उत्पादन ०.२४, र माइक्रोफाइनान्स ०.०५ प्रतिशतले बढेको छ । आज फाइनान्स ०.२३, होटल तथा पर्यटन ०.५७, हाइड्रोपावर ०.०६, लगानी ०.१४ तथा जीवन बीमा ०.८०, निर्जीवन बीमा ०.०४ र अन्य ०.७१ तथा व्यापार समूहको मूल्य ०.२४ प्रतिशत घटेको हो ।

आज ३१० कम्पनीको १ करोड ९० लाख ४१ हजार कित्ता शेयर किनबेच हुँदा १० अर्ब १० करोड माथिको शेयर कारोबार भएको छ ।

जसमा सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब १२ करोडको शेयर कारोबार भएको छ । साथै नेपाल पुनर्बीमा कम्पनीको १ अर्ब ८ करोडको शेयर कारोबार भएको छ भने एनआरएनको ३४ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।


 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise