२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते १५:५८
एप्पलको नयाँ ‘म्याकबुक एयर’ बजारमा

काठमाडौंः एप्पलले बुधबार एमफोर चिप, १८ घण्टासम्मको ब्याट्री टिक्ने क्षमता र नयाँ १२ मेगापिक्सेलको सेन्टर स्टेज क्यामेरासहितको नयाँ म्याकबुक बजारमा ल्याएको छ ।

कम्पनीका अनुसार यसमा बिल्ट–इन डिस्प्ले, १६ जिबीको स्टार्टिङ युनिफाइड मेमोरी र एप्पल इन्टेलिजेन्ससँग म्याकओएस सिकोइयाको क्षमताका अतिरिक्त दुई वटा बाहिरी डिस्प्ले पनि रहेको छ ।

यसको मूल्य शैक्षिक प्रयोगका लागि ८९९ डलरबाट सुरु भइ ९९९ अमेरिकी डलरसम्म रहेको नयाँ १३ र १५ इन्चको म्याकबुक एयर बुधबार प्रि–अर्डरका लागि उपलब्ध हुने एप्पलले जनाएको छ ।

कम्पनीले भनेको छ, ‘पातलो र हल्का फ्यानलेस डिजाइन, दिनभर टिक्ने ब्याट्री क्षमता र एप्पल इन्टेलिजेन्सको साथ म्याकओएस सिकोइयाको अविश्वसनीय क्षमताको साथ आएको म्याकबुक एयर कुनै पनि अन्य ल्यापटप भन्दा फरक छ ।’

सुरुवाती मूल्य ९९९ डलर भएको म्याकबुक एयरले उपभोक्ताहरूलाई पहिलेभन्दा बढी सेवा र लाभ प्रदान गर्दछ’, एप्पलका ग्लोबल मार्केटिङका वरिष्ठ उपाध्यक्ष ग्रेग जोसवियाकले भने । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise