२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

नेपाल बिजनेस समिट काठमाडौंमा हुँदै

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते २१:१६
नेपाल बिजनेस समिट काठमाडौंमा हुँदै

काठमाडौं : नेपाल बिजनेस समिट काठमाडौंमा हुने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजन तथा नेपाल चेम्बर अफ कमर्स र नेपाल बिजनेश इन्स्टिच्युट (एनबिआई)को आयोजनामा काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको बिजनेस समिट हुने भएको हो ।

दिगो र आत्मनिर्भर अर्थतन्त्र भन्ने नाराका साथ दोस्रो संस्करणको नेपाल बिजनेस समिट आगामी वैशाख ७ गते हुन लागेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । समिटमा संघीय सरकारका उच्च राजनीतिक एवं प्रशासनिक अधिकारी, प्रदेशका मुख्यमन्त्री, स्थानीय निकायका प्रमुख, स्वदेशी तथा विदेशी विषयविज्ञ, अर्थविद्, बैंकिङ क्षेत्रका ज्ञाता, दातृ निकायका प्रतिनिधि र निजी क्षेत्रसम्बद्ध अग्रणी संस्थाका नेतृत्वगण सहभागी हुनेछन् । 

त्यस्तै, समिटमा बैंक तथा वित्तीय संस्थाका अध्यक्ष, सञ्चालक तथा उच्च अधिकारी, लब्ध प्रतिष्ठित उद्योगी एवं व्यवसायी, नवप्रवर्द्धनीय क्षेत्रमा कार्यरत युवा तथा महिला, आईटी तथा डिजिटल प्रविधिमा सङ्लग्न युवा, वैदेशिक रोजगारबाट फर्केका उद्यमशील जनशक्ति तथा उच्च शिक्षामा अध्ययनरत विद्यार्थीसहित पाँच सयभन्दा बढीको सहभागिता रहने एनबिआईका कार्यकारी अध्यक्ष एवं सम्मेलन आयोजक कमिटीका संयोजक विशाल गैरेले जानकारी दिए ।

नीति निर्माण तहका सरकारी अधिकारीहरू, उद्योग–व्यवसायसम्बद्ध संघ–संस्थाका प्रतिनिधि, औद्योगिक घरना, प्राज्ञिक व्यक्तित्व, युवा तथा महिला उद्यमीबीच सघन छलफल, बहस तथा अन्तरक्रियालगायतका कार्यक्रम गरी मुलुकको अर्थतन्त्र सुधार गर्न सहयोग पुर्‍याउने उद्देश्यले समिट आयोजना गर्न लागेको संयोजक गैरेले बताए । उनकाअनुसार व्यापार व्यवसायसँग प्रत्यक्ष सरोकार राख्ने स्थापित संस्था नेपाल चेम्बर अफ कमर्ससँगको सहकार्यमा हुन लागेको समिटबाट प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन तीनै तहका सरकारसमक्ष पेस गर्ने र सुझाव कार्यान्वयनका बारेमा निरन्तर अनुगमन गरिने जनाइएको छ ।

नेपाल चेम्वर अफ कमर्शका अध्यक्ष कमलेश अग्रवालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको आर्थिक मन्दीका कारण प्रभावित समग्र निजी क्षेत्रलाई उत्साहित र चलायमान बनाउने उद्देश्यले आर्थिक, बैकिङ, उद्योग, व्यवसाय, सूचना प्रविधि, कृषिलगायतका व्यावसायिक क्षेत्रमा देखिएका जल्दा बल्दा समस्या र समाधानका विषयमा घनिभूत छलफल तथा अन्तरक्रिया गरी समिटमार्फत प्राप्त निष्कर्षसहितको सुझाव प्रतिवेदन कार्यान्वयनका लागि सरोकार राख्ने सरकारी निकायमा पेस गरिने बताएका छन् ।

ADV

सम्बन्धित खबर

Advertise