२०८१ फागुन २२ गते बिहिवार / Mar 06 , 2025 , Thursday
२०८१ फागुन २२ गते बिहिवार
Ads

टीभीएस अपाचेले ‘एक्सचेन्ज मेनिया’ घोषणा गर्दै

hardik ivf
मध्यान्ह
२०८१ फागुन २२ गते २१:१७
टीभीएस अपाचेले ‘एक्सचेन्ज मेनिया’ घोषणा गर्दै

काठमाडौं : टीभीएस अपाचेले एक्सचेञ्ज मेनियाको घोषणा गरेको छ । बाइक पारखीहरूका लागि ‘१ लाख सेलिब्रेशन डे’ का अवसरमा रोमाञ्चक कार्यक्रम ‘एक्सचेन्ज मेनिया’ को आयोजना गर्ने घोषणा गरेको हो ।

ललितपुरको यूएन पार्क मा आयोजना गरिने सो विशेष कार्यक्रमले राइडरहरू र परफर्मेन्स बाइकिङका प्रशंसकहरूलाई अद्वितीय अनुभव प्रदान गर्ने उद्देश्य राखेको कम्पनीको भनाइ छ ।

कार्यक्रममा रोमाञ्चक खेलकुद गतिविधिहरू र प्रतियोगिताहरू समावेश गरिनेछन् । जसअन्तर्गत सहभागीहरूले टेस्ट राइड्स र अब्स्ट्याकल च्यालेन्जहरू, स्लो रेस प्रतियोगिता र जिमखाना स्किल्स, स्टण्ट शोहरू र इनफ्लुएन्सर मिटअप्सका साथै रोमाञ्चक गिफ्ट ह्याम्परहरू र थप आकर्षक उपहारहरू पनि प्राप्त गर्न सक्नेछन् । 

यो विशेष इभेन्टमार्फत् इनफ्लुएन्सरहरू, भ्लगरहरू र अपाचे प्रेमीहरू एकै ठाउँमा भेला भई टीभीएस अपाचेको उत्साहजनक अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

ADV

सम्बन्धित खबर

Advertise