काठमाडौं : शाओमीले नेपालमा रेड्मी बड्स ६ सिरिज सार्वजनिक गरेको छ । रेड्मी बड्स ६ लाइट र रेड्मी बड्स ६ प्ले नामक दुई नयाँ बड्स सार्वजनिक गरेको हो । यी इयरबड्सले उत्कृष्ट साउन्ड, स्पष्ट कल अनुभव तथा लामो ब्याट्री लाइफ प्रदान गर्ने कम्पनीको दाबी छ ।
१२.४ एमएमको डाइनामिक टाइटेनियम ड्राइभर सहितको रेड्मी बड्स ६ लाइटले शक्तिशाली साउण्ड क्वालिटी प्रदान गर्छ । ४० डेसिबल हाइब्रिड एक्टिभ नोइज क्यान्सलेसनको विशेषताले वरपरको अनावश्यक आवाज हटाएर क्लीन साउण्ड प्रदान गर्छ ।
डुअल माइक्रोफोन र एआई नोइज रिडक्सन टेक्नोलोजीले कुराकानीलाई अझ स्पष्ट बनाउँछ भने ३८–घण्टाको ब्याट्री ब्याकअप (चार्जिङ केससहित) ले दीर्घकालीन प्रयोग सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।