ललन कुमार चौरसिया / मध्यान्ह
रौतहट, २६ भदौ । रौतहट जिल्लामा दलितलाई लक्षित गरि हत्याहिंसा ,कुटपिट तथा आक्रमण गर्ने अज्ञात समुहको बिगबिगी बढ्दै गएको छ । यसैक्रममा अज्ञात समुहको धारिलो हतियारको प्रहारले एक जना गम्भीर घाइते भएका छन् । राजपुर नगरपालिका वडा नंबर २ फतुवा महेशपुरका ५४ बर्षीय सुरज मुखिया धारिलो हतियार प्रहारबाट गम्भीर घाइते बनाएका हुन् ।
मुखिया घरबाट बिहान ५:३० बजेको समयमा आफ्नो खेतमा धान हेर्न जाँदै गर्दा अपरिचित व्यक्तिले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका छन । छुरा प्रहारबाट मुखियाको दाहिने हात र पेटको दाहिने पट्टी गम्भीर चोट लागेको छ । घाइते मुखियालाई सदरमुकाम गौर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि बिरगंज लगिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता डिएसपी भरत श्रेष्ठले जानकारी दिए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies