काठमाडौं : साहित्यकार लक्ष्मीलोचना वैद्यको दोस्रो कृति ‘ऋतु’ एक कार्यक्रममा शनिबार राजधानीको भक्तपुरमा विमोचन गरिएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुईटेलको उपस्थितिमा सामाजिक कथामा आधारित उपन्यास ‘ऋतु’ विमोचन कार्यक्रम सम्पन्न गरिएको हो ।
सिर्जना अभियान समाज भक्तपुरका अध्यक्ष धनमान श्रेष्ठ, वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मी, सद्भाव थिएटरका संस्थापक निर्देशक तथा नाट्यकर्मी महासंघका उपाध्यक्ष राम के ए सी, बुक्स हिमालय पब्लिकेशनका म्यानेजिङ डाइरेक्टर रोमन शाक्य र म्यार्केटिङ म्यानेजर यज्ञश्वर जोशीसहित प्रा.डा.लुईटेलले संयुक्त रुपमा बैद्यको नयाँ कृति ‘ऋतु’ विमोचन गरिएको हो ।
भक्तपुर दरवार क्षेत्रमा रहेको ख्वःप छेँ रेष्टुरेन्टमा आयोजित कार्यक्रममा वरिष्ठ लघुकथाकार मधिकर्मीले स्वागत मन्तव्य दिएका थिए भने राम के ए सीले पुस्तकमाथि चर्चा गरेका थिए । बुक्स हिमालय सानेपा ललितपुरद्वारा प्रकाशित ३७८ पृष्ठको पुस्तकको मूल्य ६५० रुपैयाँ राखिएको छ । लक्ष्मीलोचना वैद्यको ‘ऋतु’ दोस्रो कृति हो । यसअघि ‘नेपाली नाटकको रुपरेखा–२०७४’ नामक पुस्तक प्रकाशित भइसकेको छ ।