२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

शितल क्याम्पस चौरजहारीमा स्ववियु निर्वाचनका लागि ३ संगठनको सहमति

hardik ivf
प्रचण्ड खत्री
२०८१ फागुन २६ गते १७:३८
शितल क्याम्पस चौरजहारीमा स्ववियु निर्वाचनका लागि ३ संगठनको सहमति

रुकुम पश्चिम : आशन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि रुकुम पश्चिमको चौरजहारीस्थित शितल क्याम्पसमा ३ वटा संगठनबीच सहमति भएको छ ।

स्ववियु निर्वाचनका लागि क्याम्पसमा दर्ता भएका सबै संगठनको प्रतिनिधित्व हुने गरी सर्वसम्मत स्ववियुको नेतृत्व चुन्ने सहमति भएको स्ववियु सभापति तथा अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य नीराजन केसीले बताए ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि दर्ता भएका संघ, संगठनहरूबीचको सहमतिमा स्ववियु गठन गर्ने निर्णय भएको उनको भनाइ छ । शितल क्याम्पसमा स्ववियुको नेतृत्व अखिल क्रान्तिकारीका प्रकाश डांगीले गर्ने सहमति भएको छ ।

अध्यक्ष अखिल क्रान्तिकारी, उपाध्यक्ष नेविसंघ, सचिव अनेरास्वविय, कोषाध्यक्ष नेविसंघ र सह सचिव अनेरास्ववियले लिने गरी सहमति भएको छ । अध्यक्ष प्रकाश डाँगी, उपाध्यक्ष मदन बिक, सचिव आरेम्बर सिंह, कोषाध्यक्ष स्तुति आचार्य र सह सचिव सुजाता सुनार बन्ने सहमति भएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise