२०८२ वैशाख १४ गते आइतवार / Apr 27 , 2025 , Sunday
२०८२ वैशाख १४ गते आइतवार
Ads

अनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘भिभाची’ सेवा

मध्यान्ह
२०८१ फागुन २७ गते २१:०१
अनोभा स्किन एण्ड हेयर क्लिनिकमा ‘भिभाची’ सेवा

ललितपुर : लामो समयदेखि छाला तथा कपाल सम्बन्धी समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टी एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस ‘भिभाची’ भित्र्याएको छ । नेपाली फिल्म क्षेत्रका तीन अभिनेत्रीहरू रेखा थापा, केकी अधिकारी र साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका हुन् । 

अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा. स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा. श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रक्रियाद्वारा छाला तथा कपालको  उपचार गर्ने प्रविधि हो । भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुन निर्माण हुने दाबी गरिएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर