काठमाडौं : मेरो अटो अटोमोटिभ कन्क्लेभ २०८१ आयोजना हुने भएको छ । अटोमोटिभ्सले बुधबार उक्त कनक्लेभ आयोजना गर्ने भएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कन्क्लेभको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपालको समग्र अटोमोबाइल क्षेत्रका विद्यमान समस्या, तिनको समाधानका उपाय, स्वदेशमै सवारी उत्पादनको सम्भावना र चुनौती लगायत विषयमा बृहत् छलफल गर्ने उद्देश्यले कन्क्लेभ आयोजना गर्न लागिएको हो । आयोजककाअनुसार अटोमोटिभ कन्क्लेभ तीन सत्रमा सञ्चालन हुनेछ ।
पहिलो सत्र ‘निजी सवारी : आजको आवश्यकता’ विषयमा बहस हुनेछ । दोस्रो सत्रमा ‘सार्वजनिक सवारी : समस्या र समाधान’ विषयमा बहस हुनेछ । यस्तै अन्तिम सत्र ‘सवारी उत्पादनको नयाँ गन्तव्य’ विषयमा हुने जनाइएको छ ।