२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २१:०७
हिमालयन एभरेष्ट इन्स्योरेन्सको साधारण सभा सम्पन्न

काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ  । महेन्द्र कृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको साधारणसभाले लाभांश वितरणको प्रयोजनका लागि शेयरधनी दर्ता फागुन १५ गते बन्द गर्न निर्णय गरेको छ ।

साधारण सभाबाट कम्पनीको आर्थिक वर्ष ०८०/८१ को वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, ईक्विटीमा भएको परिवर्तन.पारित गरेको हो । यस्तै, मुनाफाबाट शेयरधनीहरूलाई चुक्ता पुँजीको ८.७५ का दरले हुन आउने रकम २१ करोड ८७ लाख ६३ हजार ७ सय ७३ बराबरको नगद लाभांश समेत पारित गरेको छ । 

साधारण सभाका अध्यक्ष श्रेष्ठले कम्पनीको प्रविधि र प्रतिभामा वर्तमानमा गरेको लगानीको माध्यमबाट दीर्घकालीन रूपमा श्रोतहरूको परिचालन गरि दिगो लाभ लिन सकिनेमा विश्वास लिएको बताए । साथै उनले सबै सरोकारवालाहरुको विश्वास र सहयोगबाट कम्पनीलाई गतिशील बनाउँदै निर्जीवन बीमा क्षेत्रमा अग्रणी रूपमा स्थापित हुनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise