२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

माछापुच्छ्रेका ग्राहकलाई एप्पलका सामग्रीमा छुट

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २१:१०
माछापुच्छ्रेका ग्राहकलाई एप्पलका सामग्रीमा छुट

काठमाडौं : नेपालमा आईफोनको आधिकारिक विक्रेता जोय स्टोर र माछापुच्छ्रे बैंकबीच सम्झौता भएको छ । दुईपक्षबीचमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकले जोय स्टोरबाट एप्पलका सामग्री खरिद गर्दा छुट पाउने सम्बन्धी सम्झौता भएको हो । 

सम्झौतामा जोय स्टोरका तर्फबाट कम्पनीका प्रवन्ध निर्देशक गुरुदत्त शर्मा र माछापुच्छ्रे बैंकका तर्फबाट शाखा कार्यालय न्युरोड, काठमाडौंका शाखा प्रमुख निशेष केसीले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार नेपालमा आईफोनको आधिकारिक बिक्रेता जोय स्टोरबाट एप्पलका समान खरिदमा माछापुच्छ्रे बैंकका कर्मचारी तथा ग्राहकहरूले छुट सुविधा लिन सक्नेछन् । जोयस्टोरका अनुसार उक्त छुट एप्पलका उप्पादनहरुमा माछापुच्छ्रे बैंक लिमिटेडका कर्मचारी एवम् सेवाग्राहीहरूलाई अधिकतम २० प्रतिशतसम्म छुट पाउनेछन् । 

माछापुच्छ्रे बैंकका कर्मचारी एवम् सेवाग्राहीहरुलाई सरल र सुलभ मूल्यमा एप्पलका उप्पादन उपलब्ध गराउनका लागि उक्त सम्झौता गरिएको जोय स्टोरका प्रवन्ध निर्देशक गुरुदत्त शर्माले जानकारी दिए । उक्त छुटका लागि कर्मचारी तथा बैंकका ग्राहकहरूले खाता भएको प्रमाण पुग्ने कागजपत्र देखाउनु पर्नेछ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise