२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

‘नाडा अटो शो २०२५’का लागि स्टल बुकिङ खुल्ला

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २१:१२
‘नाडा अटो शो २०२५’का लागि स्टल बुकिङ खुल्ला

काठमाडौं : नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालले आगामी भदौमा १६औँ संस्करणको ‘नाडा अटो शो २०२५’ आयोजना गर्ने भएको छ । नाडाले आगामी भाद्र ३ देखि ८ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा अटो शो आयोजना गर्ने तय गरेको हो । प्रदर्शनीको लागि चैत्र ४ गतेसम्म स्टल बुकिकका लागि रजिष्ट्रेशन खुल्ला गरिएको छ ।

प्रदर्शनीमा २–पाङग्रे, ३–पाङग्रे, ४–पांग्रे, लाइट कमर्शियल, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणहरू लगायत वित्तिय संस्था र इन्स्योरेन्सलाई समूह अनुसार छुट्टाइएको हुँदा सोही अनुरूप रजिष्ट्रेशन गर्न मिल्ने व्यवस्था मिलाइएको छ । नाडा अटो शो २०२५ को सन्दर्भमा भारत र चीन लगायतका अटोमोवाइल कम्पनीहरूबाट समेत जानकारी माग भइरहेकोले गत वर्षहरूको तुलनामा यस वर्ष छिटै रजिष्ट्रेशन खुल्ला गरिएको नाडाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise