२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

भिसा र फोनपेबीच रणनीतिक साझेदारी

Nada
२०८१ फागुन २७ गते २१:१३
Shares
भिसा र फोनपेबीच रणनीतिक साझेदारी

काठमाडौं : नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्यूआर प्रणालीमार्फत् भुक्तानी गर्न सक्षम बनाउन स्क्यान टु पेू सुविधा सुरु गर्न भिसा र फोन पे बीचमा सहकार्य भएको छ । भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि नेपालमा सीमापार भुक्तानीलाई सुरक्षित, सहज र सुविधाजनक बनाउने अपेक्षा सहित सो समझदारी गरिएको हो । 

ncell

सो सुविधाले नेपाल भरिका १५ लाखभन्दा बढी क्यूआर व्यवसायहरूमा भिसा कार्डबाट भुक्तानी गर्न सकिने हुँदा नेपाल आउने पर्यटकहरूको खरिद प्रक्रियालाई सहज बनाउनेछ । अन्तर्राष्ट्रिय पर्यटकहरूले आफ्नो मनपर्ने डिजिटल वालेट एपमा टोकनाइज्ड भिसा कार्ड जोडेका छन भने उनीहरूले नेपालमा फोनपे क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सक्नेछन् ।

भिसाका नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सब्बीर अहमदले भने, ‘नेपालका उपभोक्ता र पर्यटकहरूलाई भिसा कार्डहरू स्क्यान गर्न र जुनसुकै ठाउँमा डिजिटल रूपमा भुक्तानी गर्न सक्षम बनाउन फोनपे सँग साझेदारी गर्न पाउँदा हामी खुसी छौं ।’ त्यस्तै, फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले यो साझेदारी फोनपेको क्यूआर योजनालाई नेपालमा रुचाइएको सीमापार भुक्तानी योजनाको रूपमा विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम भएको बताए ।

ताजा खबर

सम्बन्धित खबर