२०८१ फागुन २८ गते बुधवार / Mar 12 , 2025 , Wednesday
२०८१ फागुन २८ गते बुधवार
Ads

सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता

hardik ivf
मध्यान्ह
२०८१ फागुन २७ गते २१:१४
सिद्धार्थ बैंक र मनीपाल टेक्नोलोजिजबीच सम्झौता

काठमाडौं : सिद्धार्थ बैंकले मनीपाल टेक्नोलोजिजसँग सम्झौता गरेको छ । ग्राहकहरूको वित्तीय सुरक्षा सुनिश्चित गर्न तथा वित्तीय प्रणालीलाई अझ स्थिर र सुरक्षित बनाउनका लागि बैंक र टेक्नोलोजिजबीच सम्झौता भएको हो । 

यस पहलले एन्टी मनी लाउन्डरिङ प्रविधिको सुदृढिकरण गरी नेपाल राष्ट्र बैंकका नियामकीय आवश्यकता अनुरूप वित्तीय अपराधको जोखिमलाई न्यूनीकरण गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाउने विश्वास बैंकको छ ।

यस सोलुसनले सिद्धार्थ बैंकलाई कृत्रिम बुद्धिमत्ता र मेसिन लर्निङको प्रयोग गरी कारोबार अनुगमन, ठगी नियन्त्रण तथा ग्राहक पहिचान पद्दति अवलम्बन गर्न सक्षम बनाउने बैंकको भनाइ छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise