२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

मार्च १३ बाट मध्यपूर्वमा 'होस्टेल ३' रिलिज हुने

hardik ivf
तिलु शर्मा पौडेल
२०८१ फागुन २८ गते १९:२४
मार्च १३ बाट मध्यपूर्वमा 'होस्टेल ३' रिलिज हुने

दोहा कतार : नेपालमा फागुन २३ गतेबाट देशव्यापी सफल रूपमा प्रदर्शन भइरहेको बहु प्रतीक्षित नेपाली सिनेमा ‘होस्टेल ३' मध्यपूर्वमा रिलिजको तयारीमा रहेको छ । टिकटक स्टारदेखि स्टार किड्ससम्मको अभिनय रहेको सिनेमा कतार, दुबई र बहराइनमा मार्च १३ तारीक बिहीबारदेखि रिलिज हुने भएको छ । 

सिनेमा रिलिज र प्रचार प्रसार सहितका विभिन्न कार्यसम्पादनका लागी सिनेमामा विशेष भूमिकामा रहेका कलाकार आशिष् पुरुष कतार आइपुगेका छन् । उनले नेपालमा सफल भइसकेको र ब्रान्ड सिनेमा भएको हुँदा मध्यपूर्वका दर्शकले रुचाउने विश्वास व्यक्त गर्दै हलसम्म पुगेर सिनेमा हेर्न आग्रह गरेका छन् ।  

तेक्वान्दोका राष्ट्रिय खेलाडी मोहमद उमर खानको विशेष भूमिका रहेको छ भने उनी पनि हाल कतारमै रहेर सिनेमाको प्रमोसन गरिरहेका छन् । सिनेमा कतारमा मल अफ कतार, सुक वाकिफ, ०१ मल, टावर मल, वशिस मल, एसियन टाउन, अलखोर र सिटिसेन्टरका हलहरूमा एकसाथ लाग्नेछ ।

सशान कँडेल ‘सन्तोष’ले निर्देशक गरेको फिल्ममा कूल ब्वाय नामले चर्चित पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली, प्रवीण खतिवडा, रोहन श्रेष्ठ, र सन्तोष बानियाँ लगायतका कलाकार छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् ।

ADV

सम्बन्धित खबर

Advertise