काठमाडौं : चर्चित गायिका शान्तिश्री परियार र गायक बद्री सापकोटाको नयाँ लोकदोहोरी गीत ‘नगर मायाले मुख छुच्चो’ सार्बजनिक भएको छ । दिनेश गोर्खालीको प्रस्तुति रहेको उक्त गीत दिनेश गोर्खालीको अफिसियल युट्युब चयानलमार्फत सार्वजनिक भएको हो । गीतको लय र शब्द पनि गायक बद्री सापकोटाकै रहेको छ ।
गीतको म्युजिक भिडियोमा विक्रम बुढाथोकी, जुना विश्वकर्मा, दिनेश गोर्खाली र ममता बुढाथोकीको अभिनय रहेको छ । भिडियो विक्रम चौहानले निर्देशन गरेका हुन् भने विनोद बाजुरालीले संगीत संयोजन गरेका छन् ।