काठमाडौं : शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमार्फत् सो मोबाइल सार्वजनिक गरिएको हो ।
शाओमी १५ अल्ट्राको लन्च १५ हजार भन्दा बढी दर्शकहरूको माझ मनाइयो थियो । याना शर्माले शाओमी १५ अल्ट्राको अनावरण गरेकी थिइन् । सञ्जय गुप्ताको होस्टमा सञ्चालन भएको उक्त कार्यक्रमका मुख्य क्षणहरू लाईका क्यामेरा प्रविधि सहितको शाओमी १५ अल्ट्राबाट खिचिएको थियो ।
शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर मनु मनस्वी यसबारे बोल्दै भने, ‘हामी शाओमी १५ अल्ट्रा नेपालमा प्रस्तुत गर्न पाउँदा अत्यन्तै उत्साहित छौं, यो फ्ल्यागशिप स्मार्टफोनले फोटोग्राफीको परिभाषा बदल्नेछ र प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।’
शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका एक इन्च मुख्य सेन्सर र दुई सय मेगापिक्सेलको टेलिफोटो लेन्स रहेको छ । शाओमी नेपालले फागुन २५ देखि चैत २ सम्म शाओमी १५ अल्ट्राको प्रि–बुकिङ खुला गरेको छ । उक्त प्रि–बुकिङमा ग्राहकहरूले नौ हजार नौ सय ९९ रुपैयाँ मूल्य बराबरको शाओमी ५० वाट वायरलेस चार्जिङ स्ट्यान्ड निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ ।
१६ जिबी प्लस ५१२ जिबी भेरियन्टमा उपलब्ध शाओमी १५ अल्ट्रा को सुरुवाती अफर मूल्य एक लाख ४९ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो स्मार्टफोन नेपालभरका सबै आधिकारिक एमआई स्टोरहरू र शाओमीका आधिकारिक रिटेल आउटलेटहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।