२०८१ फागुन २९ गते बिहिवार / Mar 13 , 2025 , Thursday
२०८१ फागुन २९ गते बिहिवार
Ads

वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कमा छुट

hardik ivf
मध्यान्ह
२०८१ फागुन २८ गते २०:२९
वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कमा छुट

काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

नेपाली विद्यार्थीहरूले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बीमा शुल्क, आईएलटीएस, टफेललगायतका विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको हो ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपश्चात् बैंकले रकम भुक्तानीको लागि लाग्ने सेवा शुल्कमा छुट प्रदान गर्ने जनाएको छ । साथै सो योजना अगस्ट ३१, २०२५ सम्म लागू हुनेछ ।

ADV

सम्बन्धित खबर

Advertise