२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरगञ्जमा धमाधम पसल छाड्दै व्यवसायी

ADV
महमद सदाब
२०८१ असार १७ गते १९:३५
वीरगञ्जमा धमाधम पसल छाड्दै व्यवसायी

वीरगञ्ज : देशमा आर्थिक संकट चलिरहेको बेला वीरगञ्ज बजारमा पसल व्यवसाय गर्नेहरूको संख्या दिन प्रतिदिन घटिरहेको  छ । आर्थिक मन्दीका मुख्य कारण भारतको विहारस्थित रक्सौल बजार हो । जसले गर्दा वीरगञ्जका व्यवसायीहरूको कम्मर भाँचिने भएको छ । 

वीरगञ्जका कपडा व्यापारी निरज अग्रवालले बजारमा  गिरावटको मुख्य कारण आर्थिक मन्दी, बढ्दो प्रतिस्पर्धा, खुला सीमाना, र उपभोक्ता खर्चमा कमी रहेको बताए । 

वीरगञ्ज बजारमा व्यवसायीहरूले नयाँ प्रविधि र अनलाइन व्यापार गर्न नसक्दा थप समस्याहरू देखा परेको उनले बताए । 

स्थानीय व्यवसायी रमेश पटेलका अनुसार अहिलेको अवस्थामा ग्राहकहरूको माग घटिरहेको छ । उनले भने, ‘हामीले पाएको नाफा पनि कम हुँदै गइरहेको छ । किनभने खुला सीमानाका कारण भारतको रक्सौलमा सामान सस्तोमा पाइन्छ । जसले गर्दा वीरगञ्जको बजारभन्दा रक्सौलको बजारमा भीड हुने गरेको छ ।’

खुला सीमाना र सामानको सस्तो मूल्यले गर्दा उपभोक्ताहरू रक्सौलतिर आकर्षित भएका छन् । यसले गर्दा वीरगञ्ज बजारमा उपभोक्ताहरूको कमी महसुस गरिएको उनले बताए । 

त्यसैगरी रकेश महतोका अनुसार किराना लत्ताकपडा, हार्डवेयर, किचन आइटम र अन्य सामान्य वस्तुहरूको मूल्य वीरगञ्जमा महंगो पर्दा किन्न नआउने गरेका हुन् । 

सबै सामग्री रक्सौलबाट कुरियरमार्फत मगाएर व्यवसायीहरूले आफ्नो व्यवसायलाई कायम राख्न विभिन्न उपायहरू अपनाइरहे पनि, प्रतिस्पर्धा र उपभोक्ता खर्चमा कमीले गर्दा  कठिनाइ भोग्नुपरेको छ । वीरगञ्ज महानगरपालिकाले व्यवसायीहरूलाई सहयोग पु¥याउने प्रयास गरिरहेको भएतापनि, व्यवसायमा गिरावट रोक्न तत्काल समाधान आवश्यक गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । 

व्यवसायीहरूले स्थानीय प्रशासनसँग सीमा जाँचमा कडाइ गर्न माग गरेका छन् । आर्थिक जानकारहरूका अनुसार, वीरगञ्जको स्थानीय व्यवसायलाई सुदृढ बनाउनका लागि सरकार र स्थानीय प्रशासनले ठोस कदम चाल्न आवश्यक छ । आफ्नो व्यवसायलाई कायम राख्न नयाँ उपायहरूको खोजीमा व्यवसायीहरु लागिरहेका छन् ।

आगामी दिनमा वीरगञ्ज बजारको अवस्था सुधार होस् भन्ने आशा गर्दै, व्यवसायीहरूले विभिन्न उपायहरूको खोजी गरिरहेका छन् । व्यवसायीहरूका अनुसार वीरगञ्जको बजारमा पुनः भीड ल्याउनका लागि नयाँ रणनीतिहरू अपनाउनु जरुरी देखिएको छ । एक व्यवसायीका अनुसार दिनप्रतिदिन बजारमा  गिरावट आएका कारण बैंकको किस्ता र ब्याज तिर्न नसक्ने अवस्था रहेको छ । 

बजारमा मान्छे छन्, तर व्यापार छैन । यदि यस्तै व्यापार रह्यो भने देश नै छोडेर जानुपर्ने अवस्था आउन सक्ने व्यापारीहरु बताउँछन् । 

ADVADV

सम्बन्धित खबर

Advertise