२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

एकीकृत समाजवादीको दशौँ महाधिवेशन : खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

ADV
लेखनाथ सिकारु
२०८१ असार १७ गते २१:४०
एकीकृत समाजवादीको दशौँ महाधिवेशन : खनालको नेतृत्वमा अध्यक्ष मण्डल गठन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनलाई सम्पन्न गर्न विभिन्न कमिटीहरु गठन गरिएका छन् । पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशनको अध्यक्ष मण्डल पार्टी सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा १३ सदस्सीय गठन गरिएको छ । 

त्यस्तै बहस नोट कमिटीमा जगन्नाथ खतिवडाको नेतृत्वमा १४ सदस्सीय कमिटी गठन गरिएको छ भने माइन्यूट कमिटी तीन सदस्सीय चयन गरिएको छ । 

प्रमुख खतिवडाका अनुसार महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको छ । पाटी केन्द्रीय सचिवालय सदस्यहरुले डेमो प्रयोग गरेको प्रमुख खतिवडाको भनाइ छ ।

मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने

दशौँ राष्ट्रिय महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान गरिने भएको छ ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाकाअनुसार आइतबारदेखि शुरु भएको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको मतदान इलेक्ट्रोनिक भोटिङ मेसिनबाट गरिने भएको हो ।

ADVADV

सम्बन्धित खबर

Advertise