२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

हिमालयन अवार्डका उत्कृष्ट ५ मनोनयन सार्वजनिक

Nada
२०८१ चैत ५ गते १४:५५
Shares
हिमालयन अवार्डका उत्कृष्ट ५ मनोनयन सार्वजनिक

काठमाडौं : पाँचौं संस्करणको हिमालयन अन्तर्राष्ट्रिय अवार्ड २०८१ का उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुपद्वारा आयोजना हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं संस्करणका लागि गीतसंगीतका विविध विधामा आवेदन दिएकामध्ये उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरिएको हो ।

ncell

‘भाषा, साहित्य कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको पाँचौं संस्करणको अवार्ड यही चैत १२ गते थाइल्यान्डमा एक विशेष समारोहबीच हुन गइरहेको अवार्ड संयोजक गीता अधिकारीले जानकारी दिइन् । अवार्डमा आधुनिक, पप, लोकदोहोरी गीतलगायतलाई समावेश गरिएको छ ।

अवार्ड समारोहमा नेपाली गीत संगीतमा विगत लामो समयदेखि योगदान पुर्‍याएका विशिष्ट गायक खड्ग गर्बुजालाई दीर्घ साधना सम्मान अर्पण गरिने भएको छ । साथै गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्‍याउने संगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने बताइएको छ ।

यसअघि दीर्घ साधना सम्मान वरिष्ठ संगीतकार राजु सिंह, स्व. गुरुदेव कामद, वरिष्ठ गायिका तथा संकलक चन्द्रकला शाह र वरिष्ठ गायिका ज्ञानु राणालाई प्रदान गरिएको थियो ।

अवार्ड समारोह बैंककमा जान असमर्थ हुने स्रष्टा सर्जकलाई काठमाडौंमा विशेष समारोहबीच अवार्ड प्रदान गरिने अवार्डका अध्यक्ष गणेश सुवेदीले जानकारी गराए ।

सम्बन्धित खबर