२०८१ चैत ६ गते बुधवार / Mar 19 , 2025 , Wednesday
२०८१ चैत ६ गते बुधवार
Ads

रोल्पा नमूना क्याम्पसको स्ववियु अध्यक्षमा केसी निर्वाचित

draupadi film
सुर्य प्रकाश बुढा मगर
२०८१ चैत ५ गते १६:२०
रोल्पा नमूना क्याम्पसको स्ववियु अध्यक्षमा केसी निर्वाचित

रोल्पा : रोल्पा नमूना क्याम्पस परिवर्तन गाउँपालिका-५ बागमारामा भएको स्ववियु निर्वाचनमा नेकपा निकट विद्यार्थी संगठन अखिल समाजवादीका चुडामणि केसी निर्वाचित भएका छन् । केसी ७१ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनले प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट संगठन नेपाल विद्यार्थी संघ,नेकपा एमाले निकट संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र (अनेरास्ववियु) र नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)का साझा उम्मेदवार दिपेन्द्र डाँगीलाई २९ मत्तान्तरले प्राजित गरे । डाँगीले ४२ मत मात्र प्राप्त गरेको निर्वाचन मण्डलका संयोजक गोपालबहादुर केसीले जानकारी दिए ।

यस्तै कोषाध्यक्षमा अखिल समाजवादीका टोपबहादुर परियार निर्वाचित भए । परियारले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी निर्मला डाँगीले ४५ मत प्राप्त गरिन् । सचिवमा अखिल समाजवादीका देवेन्द्र डाँगीले ६७ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी प्रकाश रोका मगरले ४१ मत प्राप्त गरे । अखिल समाजवादीका सदस्य देवी रिजालले ७१ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी कमला पुन मगरले ४४ मत प्राप्त गरिन् ।

अखिल समाजवादीका सदस्य सिमाना बुढाले ७२ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी अञ्जना बुढा मगरले ४४ मत प्राप्त गरिन् । अर्का नेकपा माओवादी केन्द्र निकट संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)की सदस्य ओमसरी घर्तीमगर भने फागुन १९ गते मनोनयन दर्ता गर्दा नै सर्वसम्मत निर्वाचित भएकी थिइन् ।

जम्मा १२८ मतदाता रहेको क्याम्पसमा १ सय १७ मत खसेको थियो । मतदानमा ११ जना अनुपस्थित रहेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै स्वतन्त्र उम्मेदवार पृथी केसी र टिकाजङ घर्ती मगरले शून्य मत ल्याए । समानुपातिकतर्फ ४ मत बदर भएको र प्रत्यक्षमा शून्य रहेको बताइएको छ ।

अखिल समाजवादीले रोल्पा नमूना क्याम्पसको जितलाई ऐतिहासिक जित भएको बताएको छ । रोल्पा नमूना क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन सहयोग गर्ने सुरक्षा निकायलगायतलाई क्याम्पस प्रशासनले धन्यवाद व्यक्त गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise