२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

वीरगञ्जमा पुनः ठडियो स्व. गिरिजाप्रसाद कोइरालाको सालिक

ADV
महमद सदाब
२०८१ असार १८ गते १४:१९
वीरगञ्जमा पुनः ठडियो स्व. गिरिजाप्रसाद कोइरालाको सालिक

वीरगञ्ज : ९ वर्षदेखि भत्किएको अवस्थामा रहेको स्व. गिरिजाप्रसाद कोइरालाको सालिक पुनः स्थापना गरिएको छ । मधेश आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काएको पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाकाे सालिक पुनः ठड्याइएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको इदगाह चोकमा जिपी कोइराला फाउण्डेशनले पुनर्निर्माण गरेर शालिक स्थापना गरेको छ। नेपाली कांग्रेसका पूर्वसभापतिसमेत रहेका स्व. कोइरालाको १०१औं जन्मजयन्तीको अवसर पारेर मंगलबार कांग्रेसका वरिष्ठ नेता शेखर काेइरालाले शालिक अनावरण गरे ।

फाउन्डेसनले नै २०७२ असार १८ गते स्थापना गरेकाे स्व. काेइरालाकाे शालिक मधेश आन्दोलनका क्रममा २०७२ भदौ १५ गते तोडफोड गरी भत्काइएको थियो । सोही स्थानमा अहिले फेरि  स्व. कोइरालाको पूर्ण कदको शालिक निर्माण गरी अनावरण गरिएको हो ।

फाउण्डेशनका मधेश प्रदेश अध्यक्ष महम्मद शाहबुद्दिनका अनुसार मधेश प्रदेश सरकारबाट प्राप्त १६ लाख रुपैयाँ बजेटबाट इदगाह चोकमा स्व. कोइरालाको पूर्ण कदको शालिक निर्माण गरी अनावरण गरिएको हो । पित्तललगायतका धातुबाट निर्मित करिब ६ फिट उचाईको उक्त शालिक ११ लाख रुपैयाँमा काठमाडौंबाट खरिद गरेर ल्याइएको उनले जानकारी दिए ।

मधेश प्रदेश सरकारबाट प्राप्त कूल १६ लाख रुपैयाँ बजेटमध्ये ११ लाख रुपैयाँमा शालिक खरिद गरिएको र बाँकी ५ लाख रुपैयाँ शालिक राखिएको पार्कको मर्मत सम्भार र सौन्दर्यकरणमा खर्च गरिएको उनले बताए ।

शालिक अनावरण कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे, केन्द्रीय सदस्य शंकर भण्डारी, पूर्वमन्त्री रमेश रिजाल, अजय चाैरसिया, संविधान सभा सदस्य अनिल रुंगटा, जिल्ला सभापति जनार्दन सिंह क्षेत्री, वीरगञ्ज महानगरपालिकाका उपप्रमुख तथा जिल्ला सचिव इम्तियाज आलम, प्रदेश सभा सदस्य श्याम पटेल, शंकर चाैधरी, पूर्वमन्त्री ओमप्रकाश सर्राफ, संविधानसभा सदस्य अजय द्विवेदीलगायतकाे सहभागिता रहेको थियाे ।

ADVADV

सम्बन्धित खबर

Advertise