२०८१ चैत ११ गते सोमवार / Mar 24 , 2025 , Monday
२०८१ चैत ११ गते सोमवार
Ads

ग्रामीण चलचित्र महोत्सव बैशाखमा

draupadi film
मध्यान्ह
२०८१ चैत ९ गते १८:३८
ग्रामीण चलचित्र महोत्सव बैशाखमा

काठमाडौं : नेपाल ग्रामीण चलचित्र महोत्सवको चौंथो संस्करण वैशाखमा हुने भएको छ । रसुवाको गोसाईकुण्ड गाउँ पालिकामा ४ वैशाख ४देखि ६ गतेसम्म महोत्सव हुने छ ।

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नाराका साथ आयोजना हुने महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी छोटा चलचित्र, डकुमेन्ट्री, फिचर चलचित्र र भाषाभाषीका चलचित्र सहभागी हुनेछन् । महोत्सवमा जुरी टिमले छनोट गरेका चलचित्रहरू स्क्रिनिङ गर्ने र उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिनेछ ।

सेलिब्रेटी नेपालको आयोजनामा नियमित रूपमा आयोजना भइरहेको महोत्सवको उद्देश्य पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पु¥याउने रहेको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए ।

उनका अनुसार महोत्सवमा नेपाली मौलिक ग्रामीण कथावस्तुमा बनेका चलचित्र समावेश गरिनेछ । महोत्सवमा डकुमेन्ट्री, शर्ट फिल्म,फिचर फिल्म र भाषाभाषीका फिल्महरूलाई समावेश गरिनेछ ।

महोत्सवमा फिल्म स्क्रिनिङ्गसँगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी समेत गरिनेछ । 

पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको यो महोत्सव दोस्रो पटक काभ्रे जिल्लाको भकुण्डेबेसीमा र तेश्रो पटक रामेछापमा आयोजना गरिएको थियो । महोत्सवमा चलचित्र विकास बोर्डको पनि सहकार्य रहने छ ।
 

ADV

सम्बन्धित खबर

Advertise