२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

बसाइँसराइ रोक्न १ हजार जनालाई रोजगारी

draupadi film
सुर्य प्रसाद भुसाल
२०८१ चैत ११ गते २२:१७
बसाइँसराइ रोक्न १ हजार जनालाई रोजगारी

अर्घाखाँची : अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाबाट बसाइँसराइ बढ्न थालेपछि तत्काल रोक्न र स्थानीयलाई रोजगारी दिन नगरपालिकाले ‘कर्मशील जनशक्तिमार्फत रोजगार’ कार्यक्रम संचालन गरेको छ ।

जसले युवायुवतीहरु कृषि काममा व्यस्त हुने गरेका छन् । गाउँ छोडेर  जाँदा पनि सबै जग्गा नगरपालिकालाई लिजमा दिनुपर्ने स्थानीय सरकारले कानुन निर्माण गरेको छ ।

स्थानीय नागरिकहरूले पनि जग्गामा खेती गर्न छाडेपछि नगर पालिकाभर रहेको  बाँझो  जग्गा नगरपालिकाले लिजमा लिएर खेती गर्ने अभियान सुरु गरेको छ । जसले स्थानीय नागरिकहरु समेत अहिले  बसाइँसराइ छोडेर आफ्नै जग्गामा खेती गर्न सुरु गरेका नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत जगदीशचन्द्र नेपालीले जानकारी दिए ।

नगरपालिकाले बेरोजगारमा सूचीकृतलाई रोजगार दिन र बसाइँसराइ रोक्नका लागि ‘कर्मशिल जनशक्ति रोजगार आयआर्जन कार्यविधि २०८०’ बनाएर ५ स्थानमा ठूलो क्षेत्रफलमा अहिले  प्याज खेती सुरु गरेको छ । पहिलो चरणमा नगरपालिकाले गत कात्तिकमा ४० किलो प्याजको ब्याड राखेर खेतीको सुरुवात गरेको थियो । 

जसमा भूमिकास्थान नगरपालिका वडा नम्बर २ को खाकाबेसीमा २५ रोपनीमा प्याज खेती र वडा नं ५ को शनि घाटमा २५ रोपनीमा प्याज खेती, वडा नं ५ को बाजापाटामा १५ रोपनीमा अर्खबरे खुसानी, वडा नं ७ डुमीचौरमा प्याज लगाइएको छ । यस्तै तोरी ५ मुरी उत्पादन गरिएको छ । भूमिकास्थान वडा नं ९ डेभामा ७० रोपनीमा प्याज र गहुँ खेती गरिएको छ भने वडा नं.१० राटटारीमा २० रोपनीमा खेती गरिएको छ । सुरुमा खेती गर्दा नगरपालिकाबाट २५ लाख लगानी गरेको सो जग्गामा  उत्पादन पनि राम्रो भएको नगरप्रमुख झबिलाल थापाले जानकारी दिए ।

नगरपालिमामा सूचीकृत भएका २ हजार १ सय ५० मध्ये ‘कर्मशील जनशक्ति रोजगार’ कार्यक्रमबाट १ हजार  जनालाई रोजगारी दिने कार्यविधि बनाइ सकेको छ ।  कार्यविधिअनुसार १५० रोपनी जग्गा बाँझो जग्गाको व्यवस्था अनुसार ४ स्थानमा परेको छ । ४ वटै स्थानमा कर्मशील समिति बनेका छन्  । ती कर्मशील समितिले दैनिक ज्यालादारीमा प्याजको बिउ उमार्नेदेखि उत्पादन  गरी बजारसम्म पु¥याउँदा १ हजार जनाले रोजगारी पाउने नगरपालिकाले जनाएको छ ।

१ सय ५० रोपनी क्षेत्रफलमा नगरपालिकाले सुरु गरेको प्याज खेती आगामी वर्षदेखि ५०० रोपनी पु¥याउने लक्ष्य राखिएको नगरपालिकाका कार्यक्रम अधिकृत हरिषचन्द्र भुसालले बताए । 

कार्यविधिअनुसार नगरपालिकाले बाँझो जग्गालाई निःशुल्क वा सशुल्क लिन सक्ने व्यवस्था छ । यस वर्ष भने सबै जग्गा निःशुल्क पाइएको नरगपालिकाका उपप्रमुख बालकृष्ण बन्जाडेले बताए  । 

यस वर्ष सोचेअनुरूप उत्पादन भएमा नगरपालिकाले एक लाख पाँच हजार किलो प्याज उत्पादन गर्नेछ । नगरपालिकाका कार्यक्रम अधिकृत भुसालका अनुसार तत्कालै ठूला कलकारखाना खुल्ने अवस्था छैन । यस अवस्थामा कृषि उत्पादनलाई निरन्तरता दिनुपर्ने र कृषिमा रोजगारी दिनुपर्ने भएकोले नयाँ योजना अघि सारेर काम थालिएको हो । यसबाट नगरपालिकाभित्र प्याज आयात गर्नुपर्ने अवस्थाको अन्त्य हुने नगरपालिकाको विश्वास रहेको वडा नम्बर ८ का अध्यक्ष राजकुमार श्रेष्ठले बताए । 
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise