२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते ०८:३५
वीरगञ्जबाट ५३ अर्ब २६ करोडका वस्तु निर्यात

पर्सा : वीरगञ्ज भन्सारबाट चालु आर्थिक वर्षको आठ महिनामा रु. ५३ अर्ब २६ करोड मूल्य बराबरका सामान निर्यात भएका छन् । गत आवको सोही अवधिको तुलनामा यो एक सय ७२ दशमलव ०१ प्रतिशतले बढी हो ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख दीपक लामिछानेका अनुसार चालु आवमा भटमासको तेल निर्यात बढेको छ । बितेका आठ महिनामा रु. २८ अर्ब १९ करोड मूल्य बराबरको १३ करोड ४७ लाख १० हजार एक सय ४२ लिटर भटमासको तेल निर्यात भएको हो ।

यसैगरी, रु. चार अर्ब ८८ करोड बराबरको जुस र रु. तीन अर्ब ६८ करोड मूल्य पर्ने फलाम तथा फलामका सामग्री निर्यात भएको छ ।

ADV

सम्बन्धित खबर

Advertise