२०८१ चैत १३ गते बुधवार / Mar 26 , 2025 , Wednesday
२०८१ चैत १३ गते बुधवार
Ads

शेयर बजार पुनः ओरालोतर्फ, परिसूचक २ हजार ५८२ अंकमा कायम

draupadi film
मध्यान्ह
२०८१ चैत १२ गते १५:४६
शेयर बजार पुनः ओरालोतर्फ, परिसूचक २ हजार ५८२ अंकमा कायम

काठमाडौंः मंगलबार शेयर बजार पुनः आरालोतर्फ लागेको छ । सोमबार मात्रै एक सातादेखि ओरालो लागिरहेको पुँजी बजार थामिएको थियो । तर आज पुनः नेप्से ५८.०५ अंकले घटेको  हो । योसँगै परिसूचक २ हजार ५८२ अंकमा कायम भएको छ ।

बजारको परिसूचक घट्दा कारोबार रकम भने बढेको छ । सोमबार ४ अर्ब ४८ करोडको कारोबार भएकोमा आज ५ अर्ब १८ करोडको भएको छ । आज जम्मा ४ कम्पनीको मूल्य बढेको छ भने २४० को मूल्य घटेको छ ।

समूहगत रुपमा बैंकिङ समूहको मूल्य १.४२ प्रतिशतले, विकास बैंक २.९९, फाइनान्स ३.५०, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर ३.३१, लगानी २.०८, जीवन बीमा २.२०, उत्पादन १.५०, माइक्रोफाइनान्स २.४९, निर्जीवन बीमा २.४६ र अन्य १.८२ तथा व्यापार १.८५ प्रतिशतले घटेको छ  ।

ADV

सम्बन्धित खबर

Advertise