२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रस्तावित आयुक्तविरुद्ध गम्भीर आरोप

ADV
मुकुन्द लामिछाने
२०८१ असार १९ गते ०६:४५
प्रस्तावित आयुक्तविरुद्ध गम्भीर आरोप

काठमाडौं : निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानको संसदीय सुनुवाइ प्रक्रिया अगाडि बढेको छ । संसदीय सुनुवाईले उनीविरुद्ध उजुरी आह्वान गर्दा यौन दुराचारीको आरोप लगाएर उजुरी परेको छ । 

संवैधानिक परिषदले प्रधानलाई सिफारिस गरेपछि सुनुवाइ समितिले १० दिनको समय दिएर गरेको आह्वानका क्रममा यस्तो आरोप लागेर उजुरी परेको हो । उजुरीमा आफ्नै कार्यालयमा काम गर्ने महिलामाथि यौन शोषण गरेको आरोप लागेको छ । त्यससँग सम्बन्धित चारवटा उजुरी परेका छन् । 

चारवटै उजुरी अध्ययनका लागि सांसदहरुलाई वितरण गरिएको छ । निर्वाचन आयोगको आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध यो आरोप लागेर आएको उजुरीले झस्किएको संसदीय सुनुवाइ समितिका सदस्यहरू बताउँछन् ।

‘उजुरी निक्कै गम्भीर प्रकृतिको छ । उनले यौन शोषण गरेको विषय बाहिर जान नदिनका लागि महिलालाई आर्थिक प्रलोभनमा पारेर मिलापत्रसमेत गरिएको रहेछ’ एक सांसदले भने ।

नेपाल ल सोसाइटीको कार्यकारी निर्देशक रहेका प्रधानलाई यही असार दुई गते संवैधानिक परिषदले आयुक्तका लागि सिफारिस गरेको थियो । 

पीडित महिता आफैले समितिमा दर्ता गरेको जनाइएको छ । जहाँ उपस्डितले आफूलाई कार्यालयभित्र सन् २०१९ देखि २०२२ सम्म निरन्तर यौन शोषण गरेको आरोप लगाएकी छन् । यो घटनाको विषयलाई लिएर आफू प्रहरीको पुगे पनि उल्टै आफूलाई पक्राउ गरेर हनी ट्याप र गाली बेइज्जती मुद्दा लगाएर जेल हालिदिने धक्की दिएर मिलापत्रका लागि बाध्य पारिएको दाबी उजुरीकर्ताको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise