२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

‘मिस्टर एन्ड मिस हिमालय’मा छानिए ३ विजेता

Nada
२०८१ चैत १५ गते २१:०४
Shares
‘मिस्टर एन्ड मिस हिमालय’मा छानिए ३ विजेता

काठमाडौं : ‘मिस्टर एन्ड मिस हिमालय’मा ३ विजेता छानिएका छन् । एपी ब्युटी पार्लरले आयोजना गरेको प्रतियोगितामा सिनियर र जुनियर गरेर एकसाथ ३ विजेता छानिएका हुन् ।

ncell

प्रतियोगितामा जुनियर मिस्टर हिमालयको उपाधि लिविस किसीले जिते । यस्तै प्रतियोगितामा मिस हिमालयको सिनियरतर्फको उपाधि कल्पना बुढाथोकीले जितिन् भने जुनियरतर्फको उपाधि अभिसा ढकालले जितिन् ।

सिनियर मिस हिमालयतर्फ विनिता मानन्धर फर्स्ट रनरअप, प्रतीक्षा सेकेन्ड रनरअप र सम्पदा खवास थर्ड रनरअप घोषित भए ।

जुनियर मिस हिमालयतर्फ दीपिका क्षेत्री फर्स्ट रनरअप, सासा श्रेष्ठ सेकेन्ड रनरअप र प्रज्ञा श्रेष्ठ थर्ड रनरअप घोषित भए ।

प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिताको निर्णायकमा अभिनेता सलोन बस्नेत, पूर्वमिस नेपाल नम्रता श्रेष्ठ, व्यावसायिक मेकअप आर्टस्ट तथा मेकअप ट्रेनर टेकराज पाण्डे, मिस नेपाल इन्टरनेशनल २०२४ सुयशा राउत र मिराकल एकेडेमी सितापाइलका प्रिन्सिपल मनकुमारी पोखरेल रहेका थिए ।

सम्बन्धित खबर