२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

Nada
२०८१ चैत १६ गते १८:३६
Shares
चलचित्र प्रवर्द्धनका लागि १५ संस्थासँग सम्झौता

काठमाडौं : नेपाली चलचित्र उद्योगलाई थप समावेशी बनाउने उद्देश्यले चलचित्र विकास बोर्डले आदिवासी, जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिमार्फत विभिन्न जातीय सङ्घसंस्थासँग सहकार्य गरेको छ। बोर्डले मातृभाषी चलचित्र प्रवद्र्धनका लागि विभिन्न १५ वटा संघसंस्थासँग रु ३४ लाख ५० हजार बराबरको सम्झौता गरेको हो ।

ncell

सम्झौता कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, बोर्डका पदाधिकारी, आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समितिका संयोजक सुनील मानन्धर, आदिवासी जनजाति चलचित्र महासङ्घका प्रतिनिधिहरू र विभिन्न जातीय संघसंस्थाका पदाधिकारीको उपस्थिति थियो ।

यस कार्यक्रमअन्तर्गत १५ संघसंस्थासँग सहकार्य गर्ने सहमतिसहित ३४ लाख ५० हजार रुपैयाँ बजेट स्वीकृत गरी सम्झौता गरिएको बोर्डले जनाएको छ । आदिवासी जनजाति चलचित्र महासंघ, थारु चलचित्र तथा सांस्कृतिक संघ, तामाङ चलचित्र संघ, मगर चलचित्रकर्मी संघ, राजवंशी चलचित्र समाज समिति, सुनुवार कलाकार तथा चलचित्रकर्मी संघ, धिमाल चलचित्रकर्मी संघ, माझी चलचित्रकर्मी संघ, गुरुङ फिल्म एसोसिएशन नेपाल, भुजेल चलचित्रकर्मी संघ, किरात राई चलचित्रकर्मी संघ, याक्थुङ्ग मुन्चइत चोक सयङ, थामी चलचित्र संघ, नेवाः फिल्म सोसाइटी र शेर्पा चलचित्र संघलाई प्रवद्र्धनको जिम्मेवारीसहित विभिन्न शीर्षकमा बोर्डले सम्झौता गरेको हो ।

सम्झौतापछि मातृभाषा चलचित्रकर्मीहरूलाई प्रोत्साहन गर्नुका साथै मातृभाषाका चलचित्र प्रवद्र्धनले कला, संस्कृतिको संरक्षण गरेको मातृभाषी चलचित्रकर्मीहरूले बताएका छन् । 

बोर्डका अध्यक्ष डिसीका अनुसार यो कार्यक्रमले नेपाली चलचित्र उद्योगमा विविधताको प्रवद्र्धन गर्नेछ । 

सम्बन्धित खबर