काठमाडौं : लेखक तथा कुटनीतिज्ञ कमल कोइरालाको निधन भएको छ । कोइरालाको आइतबार सिनामंगलस्थित केएमसी अस्पतालमा निधन भएको हो ।
केही दिनअघि पक्षघात भएर कोइरालालाई अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोइरालाको ८७ वर्षको उमेरमा निधन भएको हो ।
पूर्वप्रधानमन्त्री मात्रिका प्रसाद कोइरालाका छोरा उनले दक्षिण कोरियाका लागि नेपालका राजदूत भएर काम गरेका थिए । उनी लेखक समेत हुन् ।
बाबु प्रधानमन्त्री छँदै उनी तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा सक्रिय हुँदा पक्राउ समेत परेका थिए ।
कोइराला २०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ जिल्लको क्षेत्र नम्बर ६ बाट निर्वाचन प्रतिनिधिसभा सदस्य थिए ।