२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

भ्रष्टाचार र बेथितिविरुद्ध लक्ष्मणको 'चमक चमक चम'

draupadi film
मध्यान्ह
२०८१ चैत १८ गते १४:२८
भ्रष्टाचार र बेथितिविरुद्ध लक्ष्मणको 'चमक चमक चम'

काठमाडौं : युवा संगीतकार लक्ष्मण पोखरेलको नयाँ गीत 'चमक चमक चम' सार्वजनिक भएको छ । आफ्नै शब्द, संगीत र स्वरमा संगीतकार पोखरेलले उक्त गीत सार्वजनिक गरेका हुन् ।

सामाजिक तथा राजनीति बेथितिका विषयमा सरल शब्द र भावमा पोखरेलले 'चमक चमक चम' दर्शक स्रोताहरु माझ ल्याएका हुन् । पहिलो पटक आफैं गायकको रूपमा गीत गाएका पोखरेल अहिलेका व्यस्त संगीतकारमा पर्दछन् ।

एलपी म्युजिक क्रियसन युट्युब च्यानलबाट सार्वजनिक गरिएको 'चमक् चमक् चम्'मा मनोज चौलागाईंको संगीत संयोजन, राजेश श्रेष्ठको रेकर्डिङ, किशोर थापाको ध्वनि सम्पादन रहेको छ । ओम प्रकाश वस्तीको छायांकन, सम्पादन र निर्देशन रहेको 'चमक चमक चम' आम नेपाली दर्शक स्रोताहरूले रुचाउनेमा संगीतकार पोखरेल आशावादी रहेका छन् । 


ADV

सम्बन्धित खबर

Advertise