२०८१ चैत २० गते बुधवार / Apr 02 , 2025 , Wednesday
२०८१ चैत २० गते बुधवार
Ads

बझाङमा गणतन्त्रको पक्षमा जागरण सभा

draupadi film
सत्यराज सिंह
२०८१ चैत १८ गते १८:३८
बझाङमा गणतन्त्रको पक्षमा जागरण सभा

बझाङ : नेकपा एमाले बझाङ जिल्ला कमिटीले बझाङकाे सदरमुकाम चैनपुर बजारमा गणतन्त्रको पक्षमा जागरण सभा आयोजना गरेकाे छ । 

जागरण सभालाई सम्बोधन गर्दै संविधानसभा सदस्य अफिलाल ओखेडाले गणतन्त्रको मूल्य र नेपालको समृद्धि तथा विकासका लागि उन्नत गणतन्त्र आवश्यक रहेकाे बताए ।  उनले भने, 'गणतन्त्रले नेपाली जनताको सार्वभौम सत्ता र समान अधिकारलाई सुनिश्चित गरेको छ र यसका आधारमा नेपालको समृद्धि र सामाजिक न्यायको बाटो खुला भएको छ । गणतन्त्रकाे विकल्प राजतन्त्र होइन ।'

नेकपा एमालेका केन्द्रीय सदस्य भैरवबहादुर सिंहले पनि राजा नफर्कने निष्कर्ष राख्दै नेपालमा लोकतन्त्रको भविष्य सुरक्षित राख्नका लागि सबैले गणतन्त्रको रक्षा गर्नुपर्ने बताए । उनले भने, 'हामी सबैले यो यथार्थ स्वीकार गर्नैपर्छ कि नेपालको राजनीतिक सुधार र समृद्धिका लागि हामीले लोकतन्त्र र गणतन्त्रका पक्षमा मजबुत भएर लाग्नुपर्छ।'

No description available.

नेकपा एमाले बझाङका जिल्ला कमिटी अध्यक्ष दिलबहादुर भण्डारीले नेपालमा राजतन्त्रको आवश्यकता नरहेको बताए ।

उनले भने, 'गणतन्त्र प्राप्तिमा सबैको भूमिका महत्वपूर्ण रहेको छ र हामी यसलाई सुदृढ बनाउनेछौं । राजा वा राजतन्त्रको पुनःस्थापनाको कुनै पनि प्रयास असफल हुनेछ । हामी नेपाललाई समृद्ध राष्ट्र बनाउने अभियानमा छाै ।'

कार्यक्रम समापनमा जिल्लाका विभिन्न नेता तथा कार्यकर्ताले नेपालको लोकतान्त्रिक प्रणालीको मजबुती र गणतन्त्रको रक्षा गर्ने प्रतिबद्धता जनाएका थिए ।

जागरण सभाकाे पूर्वसन्ध्यामा नेता र कार्यकर्ताले र्‍याली पनि निकालेका थिए । र्‍याली चैनपुर बजार परिक्रमा गरी लोकतान्त्रिक चोकमा सभामा परिणत भएकाे थियाे ।

ADV

सम्बन्धित खबर

Advertise