२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सप्तरीमा ६ महिनाको अवधिमा १२ बलात्कारका घटना

ADV
पिन्टु यादव
२०८१ असार १९ गते २०:२०
सप्तरीमा ६ महिनाको अवधिमा १२ बलात्कारका घटना

सप्तरी : सप्तरीमा पछिल्लो समय बलात्कारका घटनाहरु बढ्ने गरेको छ । १५ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा दुई बालकविरुद्ध उजुरी दर्ता भएको छ । १६ वर्षीय उनीहरूविरुद्ध ईलाका प्रहरी कार्यालय कडरबोनामा  सामुहिक बलात्कारको आरोपमा उजुरी दर्ता भएको हो । 

गत सोमबार साँझ आफ्नै खेतबारीको गोठमा पुगेर घर फर्किंदै गरेकी बालिकालाई आरोपितहरुले सामुहिक बलात्कार गरेको भन्दै पीडितका बुबाले प्रहरीमा उजुरी दिएका हुन् । आरोपितमध्ये एकजना बालक बुधबार पक्राउ परेका छन् भने अर्का एकजना फरार रहेको सप्तरी प्रहरीले जनाएको छ ।

पीडितको स्वास्थ्य परीक्षण सिरहा लहान–३ स्थित रामकुमार उमाप्रसाद शारदा स्मारक प्रादेशिक अस्पतालमा असार १८ गते भएको अस्पतालले जनाएको छ । आरोपितमध्ये पक्राउ परेका बालकलाई म्याद थपका लागि अदालत लगिएको प्रहरीले जनाएको छ । 

यो त प्रतिनिधि घटना मात्रै हो । तर पछिल्लो समय सप्तरीमा बलात्कारका घटनाहरु एकपछि अर्को गर्दै हुने गरेका छन् । सन् २०२४ जनवरीदेखि जुनसम्मको अवधिमा सप्तरीमा १२ ओटा बलात्कारको घटना भएको इन्सेकको तथ्यांकमा उल्लेख छ । 

यी घटनाहरुमा १४ देखि १७ वर्ष उमेर समुहका १२ जना बालिका पीडित भएका छन् । जसमध्ये एक जना अपाङ्गता भएकी बालिका रहेको इन्सेकले जनाएको छ । 

यी घटनामा संलग्न आरोपितहरु १५ देखि १६ वर्ष उमेर समुहका बालकदेखि ३० वर्ष उमेर समुहका १२ जना रहेका छन् ।

यसैगरी सप्तरी जिल्ला अदालतको तथ्यांक अनुसार आरोपितहरुमध्ये पुर्पक्षका लागि तीन जना थुनामा रहेका छन् । एकजना बालसुधार गृहमा र  ६ जना फरार रहेका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्दी ब्रजाचार्यले गत जेठ ३१ गते २० वर्षीय र असार ७ गते २३ र २५ वर्षीय युवक गरी तीन जना आरोपित अनुसन्धानका लागि पक्राउ गरिएको बताएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise