२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

'जनचेतनामूलक अनामनगर उत्सव- २०८१' हुँदै

shivam cement
२०८१ चैत २२ गते ०९:३०
Shares
'जनचेतनामूलक अनामनगर उत्सव- २०८१' हुँदै

काठमाडौँ : 'जनचेतनामूलक अनामनगर उत्सव- २०८१' आयोजना हुँदैछ । 

लागुऔषध दुर्व्यसन, सर्ने-नसर्ने रोगहरू, सामाजिक संजालको दुरुपयोग, भ्रष्टाचार, महिला हिंसा, लैंगिक हिंसा, सुरक्षित बैदेशिक रोजगार, सुरक्षित बैंकिङ कारोबार, मानसिक स्वास्थ्य, मौलिक भजन, बाल अधिकारका विषयमा आधारित रही चेतना जगाउने उद्देश्यले काठमाडौंको अनामनगरमा वृहत जनचेतनामूलक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको  हो ।

स्वीकृति इभेन्ट म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रमको संरक्षक एवं प्रवर्द्धक काठमाडौं महानगरपालिका वडा नम्बर २९ रहेको छ । विकृति विसंगतिका विविध विषयमा वडावासीहरुलाई सचेतना गराउने उद्देश्यअनुरुप कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष कुश ढकालले बताए ।

विशुद्ध जनचेतना जगाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब सात दर्जन कलाकारले सहभागिता जनाउने छन् । २२ जना कालाकारले विविध विषयवस्तुमा जनचेतनामूलक सडक नाटक प्रस्तुत गर्नेछन् ।

जनचेतनामूलक दोहोरी, हास्यव्यंग्य, जादु, नृत्य एवं मौलिक भजन प्रस्तुति रहने कार्यक्रमका संयोजक तथा स्वीकृति इभेन्टका प्रमुख नवीन पौडेलले बताए । यसअघि पनि यो संस्थाले बैतडी, बर्दिया, पाल्पा, काठमाडौंको भृकुटीमण्डप, सिन्धुलीलगायत विभिन्न जिल्लामा कार्यक्रम गर्दै आइरहेको छ ।

काठमाडौं महानगरपालिकाप्रवर्द्धक, संरक्षक रहेको कार्यक्रममा नारायण रायमाझी, दुर्गा रायमाझी, कुश ढकाल, राधेस्याम लेकाली, दिपाश्री निरौला, टिकाराम ढकाल, सिटि एक्सप्रेस मनि ट्रान्सफरका चन्द्र टन्डन,  राष्ट्रिय बाणिज्य बैंकका दिनेश गौतम, नेपाल टेलिकमका केशब भट्टराई, कमेडी च्याम्पियन हिमेश पन्त, नवीन ढुङेल, भ्रष्टाचार विरोधी अभियान्ता हेम पाठक, दुर्गा रायमाझी, गरिमा विकास बैंकका सिइओ माधब उपाध्याय, भिजन लुम्बिनीका जगत पोखरेल, रुद्र प्रसाद बस्याल, स्टार अटो इन्टर्प्राइजेजका धन बहादुर बस्नेत, नन्दी केशर पौड्याल,  सोभित बस्नेत, दशरथ न्यौपाने, सोमनाथ सापकोटा, अर्जुन श्रेष्ठ, बिएन घर्ती, नानिबाबु बुढाथोकी, सेमन्तमणी खराल, रुपन्देही सामाजिक सन्जाल अस्ट्रेलियाका अध्यक्ष दिवाकर काफ्ले, पत्रकार  मदन कुमार श्रेष्ठ, स्थानीय तह कर्मचारी संघका केन्द्रीय महासचिव शम्भु बराल, राजेन्द्र गिरि, पत्रकार कुबेर गिरि, समाजसेवी सरिफा आचार्य, पण्डित नारायण पौडेल, कृष्ण कंडेल, सन्तोश ढुङेल, अनिलबाबु श्रेष्ठ, रेनु श्रेष्ठ, सङिता पुजारी, ढाबनाथ पोखरेल, शेषनारायण पोखरेल, बिनोद कार्की, खुमन अधिकारी, दिनेश खड्का, उदिराम खड्का, शितल शर्मा, सरोज सेन्चुरीलगायत अतिथिहरूको उपस्थिति रहनेछ ।

मिडिया सहयोगीको रुपमा सुनौलो नेपाल डट कम, मध्यान्ह राष्ट्रिय दैनिक, जनसवाल दैनिक, मेचिकाली खबर, नेपाल खबर, नेपाल पुकार टिभी, वर्ल्ड वाइड टिभी, कान्तिपुर पाटी, रातोपाटी डट कम, लोक सन्चारकर्मी नेपाल रहेका छन् ।

यही चैत्र २३ गते शनिबार काठमाडौंको अनामनगरस्थित वडा नम्बर २९ को कार्यालय भवनअगाडि आयोजना हुने कार्यक्रममा सबैले निशुल्क रुपमा अवलोकन गर्न सक्नेछन् । 


 

ताजा खबर

सम्बन्धित खबर