२०८२ फागुन २७ गते बुधवार / Mar 11 , 2026 , Wednesday
२०८२ फागुन २७ गते बुधवार
Ads

लोकदोहोरी गायक मिलन लामा कतार आउँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८१ चैत २५ गते २२:४०
Shares
लोकदोहोरी गायक मिलन लामा कतार आउँदै

दोहा कतार : आउँदो शुक्रबार कतारमा रहेका नेपालीहरूलाई छमछमी नचाउन लोक तथा दोहोरी गायक मिलन लामा कतार आउने भएका छन् । माझिदाई पोखरा फेवातालको,  हंगकंग आइडिले, घरमा पराल बारीमा बन्सो, झल्को लाली ओठको लगायत सयौँ गीतका गायक लामा धादिङ सेवा समाज कतारले नेपालीहरूको नयाँ वर्ष २०८२ को अवसर पारेर आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिन कतार आउन लागेका हुन् ।

धादिङ जिल्लामा रहेका चेपाङ समुदायलाई सहयोग गर्ने लक्ष्य लिएर समाजले कार्यक्रमको आयोजना गरेको हुँदा कतारवासी नेपालीहरू शुक्रबार ११ तारिकका दिन दोहाको मुन्ताजामा रहेको पियरलिङ सिजनल स्कुलको सभा हलमा उपस्थित भइ कार्यक्रमलाई सफल बनाइदिन समाजका अध्यक्ष आयुष घलेले अनुरोध गरेका छन् । अतिथि कलाकार लामाको साथमा कतारमा रहेका दुई दर्जन भन्दा बढी कलाकारहरू साङ्गीतिक प्रस्तुति दिने र कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको कार्यक्रम संयोजक गौतम वाइबा तामाङले जानकारी दिए ।

मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगी रहेको कार्यक्रममा सरिक हुन कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत रहेको छ । यातायातका  लागि समाजका अध्यक्ष आयुष घले,३०१०७०६८,कार्यक्रम संयोजक गौतम ३१४१६४२७,महासचिव रामहरि श्रेष्ठ ३०६८८२८२ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।
 

ताजा खबर

सम्बन्धित खबर