२०८२ वैशाख ४ गते बिहिवार / Apr 17 , 2025 , Thursday
२०८२ वैशाख ४ गते बिहिवार
Ads

मन्त्रीपरिषदबाट वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित

draupadi film
मध्यान्ह
२०८१ चैत २६ गते १२:५८
मन्त्रीपरिषदबाट वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित

काठमाडौंः मन्त्रीपरिषद्ले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको छ । सोमबार साँझ सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले वैकल्पिक विकास वित्तसँग सम्बन्धित विधेयक पारित गरेको हो । 

मंगलाबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सार्वजनिक पूर्वाधार निर्माणमा समेत देश र विदेशको निजी क्षेत्रलाई आकर्षित गर्न सरकारले हालै मात्र वैकल्पिक विकास वित्तसँग सम्बन्धित एउटा विधेयक तयार पारेको बताए । उक्त विधेयकलाई सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले पारित गरेको समेत अर्थमन्त्री पौडेलले जानकारी दिए । 

उनकाअनुसार सरकारले छिटै उक्त विधेयक संसदमा प्रस्तुत गर्नेछ । विधेयक संसदबाट छिटो भन्दा छिटो पारित होस् भन्ने सरकारको चाहना रहेको उपप्रधानमन्त्री पौडेलको भनाइ छ । विधेयक पारित भएसँगै स्वदेशी तथा विदेशी लगानीकर्ताहरुलाई सार्वजनिक पूर्वाधरहरुमा लगानीका लागि आकर्षित गर्न सकिने विश्वास व्यक्त गरे । विधेयकले पूर्वाधार विकासमा रहेको श्रोत व्यवस्थापनको चुनौतीलाई समेत समाधान गर्न सहज हुने बताए । उनले सरकारले सरकारी कोषमा निर्भर भएर मात्रै सार्वजनिक पूर्वाधार विकासमा श्रोत व्यवस्थापनको आवश्यकता पूरा गर्न नसक्ने बताए । 


 

ADV

सम्बन्धित खबर

Advertise