२०८३ असोज १८ गते आइतवार / Oct 04 , 2026 , Sunday
२०८३ असोज १८ गते आइतवार

नयाँ वर्ष धमाकामा सांगीतिक प्रस्तुति दिन गायक मिलन लामा कतारमा

Nada
तिलु शर्मा पौडेल
२०८१ चैत २७ गते १९:५५
Shares
नयाँ वर्ष धमाकामा सांगीतिक प्रस्तुति दिन गायक मिलन लामा कतारमा

दोहा कतार : आउँदो शुक्रबार कतारमा रहेका नेपालीहरूलाई छमछमी नचाउन लोक तथा दोहोरी गायक मिलन लामा कतार आइपुगेका छन् । धादिङ सेवा समाज कतारले नेपाली नयाँ वर्षको अवसर पारेर “चेपाङ समुदायको सहयोगार्थ” आयोजना गरेको नयाँ वर्ष धमाका तथा बृहत् सांस्कृतिक कार्यक्रम २०८२ मा आफ्नो सांगीतिक प्रस्तुति दिन लामा कतार आएका हुन् ।

ncell

बुधबार बिहान कतार आइपुगेका लामाको स्वागतका लागि कार्यक्रम संयोजक गौतम वाइबा तामाङसहित समाजका विभिन्न तह तप्काका पदाधिकारीहरू हमाद विमानस्थल पुगेका थिए । विमानस्थलबाट लामाले कतारवासी नेपालीहरूलाई माझिदाई पोखरा फेवातालको, हङकङ आईडीले, घरमा पराल बारीमा बन्सो, झल्को लाली ओठको जस्ता दर्जनौँ गीतमा सँगै रमाइलो गर्नका लागि हलसम्म निमन्त्रणा गरेका छन् । अतिथि कलाकार लामाको आगमनसँगै कार्यक्रमको तयारी लगभग पूरा भएको कार्यक्रम संयोजक गौतमले जानकारी दिए ।

दोहाको मुन्ताजामा रहेको पियरलिङ सिजनल स्कुलको सभा हलमा उपस्थित भइ कार्यक्रमलाई सफल बनाइदिन समाजका अध्यक्ष आयुष घलेले अनुरोध गरेका छन् । मध्यान्ह राष्ट्रिय दैनिक सञ्चार सहयोगी रहेको कार्यक्रममा सरिक हुन कतारका विभिन्न स्थानहरूबाट निःशुल्क यातायातको व्यवस्था समेत रहेको छ । यातायातका लागि समाजका अध्यक्ष आयुष घले,३०१०७०६८,कार्यक्रम संयोजक गौतम ३१४१६४२७,महासचिव रामहरि श्रेष्ठ ३०६८८२८२ लाई सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

ताजा खबर

सम्बन्धित खबर